८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आजपाद्वारा काठमाडौँमा विरोध प्रदर्शन

१४ पुष २०८१, आईतवार १४:३२

काठमाडौँ | आम जनता पार्टी (आजपा)ले सरकारले मनोमानी रुपमा कर लगाएको भन्दै आइतबार काठमाडौँमा प्रदर्शन गरेको छ । काठमाडौँको कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानबाट सुरु भएको विरोध प्रदर्शन रत्नपार्क हुँदै पुन कमलादीमै पुगेर सम्पन्न भएको हो ।

कर आतङ्क बन्द गर, दलाल दलतन्त्र मुर्दावाद, आम जनता जिन्दाबाद, तेस्रो जनआन्दोलन सफल पारौँ, जनता लुट्न पाइँदैन, भ्रष्ट सरकार चाहिँदैन, राष्ट्रिय स्वाधीनताको रक्षा गर, भगौडा विदेशीको अवैध सम्पत्ति जफत गरलगायतका नारा प्रदर्शनका क्रममा आजपाका नेता कार्यकर्ताले लगाएका थिए ।

आजपाले पार्टीको दोस्रो स्थापना दिवसका साथै आन्दोलनको कार्यक्रम सँगसँगै अगाडि बढाएको छ । जसअनुसार दलतन्त्र विरुद्ध तेस्रो जनआन्दोलनको सङ्कल्प सहित आजपाले दोस्रो स्थापना दिवस काठमाडौँ उपत्यका विशेष कमिटीको आयोजनामा भव्यरुपमा आज मनाउन लागेको हो ।

सरकारको मनोमानी करले नेपालको उद्योग, व्यवसाय धराशायी बन्दै गइरहेको निष्कर्ष निकाल्दै आजपाले कर आतङ्क बन्द गर्नुपर्ने माग गर्दै आएको छ । आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले समृद्ध नेपाल निर्माण गर्नका लागि सरकारपिच्छे मनोमानी कर आतङ्क बन्द गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी