२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आजपाद्वारा काठमाडौँमा विरोध प्रदर्शन

२०८१, १४ पुष आईतवार १४:३२

काठमाडौँ | आम जनता पार्टी (आजपा)ले सरकारले मनोमानी रुपमा कर लगाएको भन्दै आइतबार काठमाडौँमा प्रदर्शन गरेको छ । काठमाडौँको कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानबाट सुरु भएको विरोध प्रदर्शन रत्नपार्क हुँदै पुन कमलादीमै पुगेर सम्पन्न भएको हो ।

कर आतङ्क बन्द गर, दलाल दलतन्त्र मुर्दावाद, आम जनता जिन्दाबाद, तेस्रो जनआन्दोलन सफल पारौँ, जनता लुट्न पाइँदैन, भ्रष्ट सरकार चाहिँदैन, राष्ट्रिय स्वाधीनताको रक्षा गर, भगौडा विदेशीको अवैध सम्पत्ति जफत गरलगायतका नारा प्रदर्शनका क्रममा आजपाका नेता कार्यकर्ताले लगाएका थिए ।

आजपाले पार्टीको दोस्रो स्थापना दिवसका साथै आन्दोलनको कार्यक्रम सँगसँगै अगाडि बढाएको छ । जसअनुसार दलतन्त्र विरुद्ध तेस्रो जनआन्दोलनको सङ्कल्प सहित आजपाले दोस्रो स्थापना दिवस काठमाडौँ उपत्यका विशेष कमिटीको आयोजनामा भव्यरुपमा आज मनाउन लागेको हो ।

सरकारको मनोमानी करले नेपालको उद्योग, व्यवसाय धराशायी बन्दै गइरहेको निष्कर्ष निकाल्दै आजपाले कर आतङ्क बन्द गर्नुपर्ने माग गर्दै आएको छ । आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले समृद्ध नेपाल निर्माण गर्नका लागि सरकारपिच्छे मनोमानी कर आतङ्क बन्द गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल