२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मेयर बालेनले गरे पूर्वमेयर पिएल सिंहको सालिक बनाउने घोषणा

२०८१, १४ पुष आईतवार १६:५५

काठमाडौँ | काठमाडौं महानगरपालिकाले पूर्वमेयर प्रेमलाल सिंह (पिएल) को सालिक निर्माण गर्ने भएको छ।

मेयर बालेन शाहले पूर्वमेयर सिंहको पूर्णकदको सालिक राष्ट्रिय सभा गृह परिसरमा निर्माण हुने घोषणा गरेका हुन्।

‘काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख पिएल सिंहको २०८१ पुस १ गते निधन भएको थियो। उहाँको सम्झनामा काठमाडौं महानगरपालिकाले आफ्नो संरक्षणमा रहेको राष्ट्रिय सभा गृह परिसरमा पूर्णकदको सालिक निर्माण गर्ने घोषणा प्रमुख बालेन शाहले यसै सभामार्फत् गर्नुभएको छ,’ नगर सभाको आइतबार भएको १६ औं अधिवेशनबाट जानकारी दिइएको छ।

पिएल सिंहको ८८ वर्ष उमेरमा पुस १ गते चाक्सीबारीमा निधन भएको थियो।

सिंह प्रजातन्त्र पुनर्स्थापनालगत्तै २०४९ सालमा भएको स्थानीय निकाय चुनावबाट काठमाडौंको मेयर निर्वाचित भएका थिए। उनकै पालामा काठमाडौं महानगरपालिकामा रूपान्तरण भएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल