२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भीम रावलबारे कर्ण मल्ल: उहाँलाई केपी बाले निकाले, मलाई शेरबहादुर दाइले

१५ पुष २०८१, सोमबार १४:०३

काठमाडौँ | गत बुधबार नेकपा एमालेबाट निष्कासन गरिएका पूर्वउपाध्यक्ष डा. भीम रावल अहिले आन्तरिक छलफलमा छन् । एमालेबाट निकालिएपछि नयाँ यात्राका लागि विभिन्न विकल्पमा छलफल गरिरहेका उनले आफूसँग विचार मिल्ने र नमिल्ने शक्तिका नेतालाई पनि भेटिरहेका छन् ।

एमालेले ढोका बन्द गरेपछि अन्य दलतिर नजाने बरु नयाँ पार्टी खोल्ने गरी छलफलमा रहेका उनले सोमबार नेपाली कांग्रेस डडेल्धुराका पूर्वसभापति कर्ण मल्लसँग संवाद गरेका छन् ।

हाल कांग्रेस बीपीका उपसभापतिरहेका मल्लसँग रावलले टोखास्थित आफ्नो निवासमा छलफल गरे । सुदूरपश्चिम प्रदेश सांसद डा. तारा जोशीसहित टोखा पुगेका मल्लले रावलजतिको उचाइको नेताका लागि यो अवस्था आउनुमा दुःख लाग्दो रहेको बताए ।

रावल कुनै बेला एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वास पात्र थिए । बुटवलको आठौं महाधिवेशनमा रावल र ओली एकै प्यानलबाट उठेर हारेका थिए । उता मल्ल पनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका विश्वास पात्र थिए ।

देउवाकै बलमा डडेल्धुरा सभापति भएका मल्ल पनि कांग्रेसबाट किनाराकृत भएर नयाँ पार्टीमा छन् । उता रावल पनि एमालेले ढोका बन्द गरेपछि नयाँ पार्टीको तयारीमा लागेका छन् । ठूला पार्टीबाट निकालिएका यी दुई नेताबीच अहिले नै सहकार्यको आँकलन गर्न मुश्किल छ । तर मल्लले रावल नयाँ शिराबाट जान तयार भए सहयात्रा हुन सक्ने पनि टोखा भेटपछि खबरहबसँग बताएका छन् ।

के भन्छन् मल्ल ?
भीम रावलजत्तिको उचाइमा पुगेका, एउटा राष्ट्रिय पार्टीका नेतालाई राजनीतिक जीवनमा योभन्दा ठूलो दुःखद्, योभन्दा संकटपूर्ण अवस्था आएको सायदै होला । यस्तो पहिलो पटक नै होला । यही घटनाक्रमलाई लिएर मैले उहाँसँग भेटघाट गरेको हुँ ।

बाँकी रह्यो अगाडिको गन्तव्यको कुरो । पर्सि उहाँको पत्रकार सम्मेलन हुँदैछ । पत्रकार सम्मेलनमार्फत् उहाँले तपाईंहरू सबैसामु जानकारी गराइहाल्नु हुन्छ होला । त्यसकै तयारीमा हुनुहुन्छ ।

मिलेर साथ साथै जाने भन्ने कुरा पनि छन्– नयाँ शीराबाट, नयाँ ढंगबाट पुराना समस्या समस्या समाधान गर्ने गरी हामी जन्मिएका ठाउँका, हुर्किएका ठाउँका, राजनीति गरेका ठाउँका (हामी भनेको उहाँसहित म, तिमी–हामी सबै) । त्यहाँका समस्यालाई प्राथमिकतामा राखेर देशका समस्या समाधान गर्ने गरी नयाँ फर्मुलाहरू निकालेर, नयाँ शीराबाट जानका लागि उहाँ (रावल) तयार हुनुभयो भने त्यो ढंगले पनि जान सकिन्छ भन्ने विचार–विमर्शहरू भए ।

नयाँ पार्टी खोल्ने उहाँको भनाइ सत्यनजिक नै होला । नजिक नै छ । नयाँ अभियान सुरु गर्ने, पुराना कुरालाई नयाँ ढंगबाट सुरु गर्ने । त्यसलाई जनताले कसरी रेस्पोन्स गर्छन्, विभिन्न दलबाट प्रताडनामा रहेका, ब्लकेज भएका, जिम्मेवारीमा रहेका तर, ब्लकेज भएर आफ्नो भविष्य नदेखेका राजनीतिकर्मीको साथ, सहयोग कस्तो रहन्छ । त्यसै ढंगले अगाडि बढिने हो ।

उहाँ र मेरो भेटघाट त राम्रै भयो । स्वाभाविक हुने भयो । मलाई शेरबहादुर दाइले निकालेको । उहाँलाई केपी बाले निकालेको । उहाँ राष्ट्रियस्तरको नेता, म जिल्लास्तरको नेता । यो ढंगले पनि स्वाभाविक हुने भयो उहाँ र मेरो भेटघाट ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै