८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

झापामा दाहालको उद्घोष- गिरीबन्धुमा भएको बदमासी पर्दाफास गरेरै छाड्छु

१५ पुष २०८१, सोमबार १६:२३

काठमाडौँ | नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले गिरीबन्धु टी-स्टेटमा भएको बदमासी पर्दाफास गरेरै छाड्ने बताएका छन्।

सोमबार झापा पुगेका दाहालले यस्तो बताएका हुन्। ‘गिरीबन्धु टी-स्टेटमा भएको बदमासी पर्दाफास गरेरै छाड्छु,’ दाहालले भने, ‘म उहाँ (केपी शर्मा ओली) को ठाउँमा आएर यो उद्घोष गरेँ ।’

यस्तै उनले यति-ओम्नीसँगै अरु प्रकरणको पनि पर्दाफास गर्ने बताएका छन्। त्यसका लागि माओवादी केन्द्रलाई शक्तिमा पुर्‍याउन उनले जनतासँग अपिल गरेका छन्।

‘माओवादी केन्द्र फेरि शक्तिमा आउने छ र सुशासन, समृद्धि र आर्थिक विकास राम्रो हुनेछ,’ उनले भने, ‘त्यसका लागि माओवादी केन्द्रलाई शक्तिमा पुर्‍याउनुपर्‍यो।’

फरक प्रसङ्गमा दाहालले भ्रष्टाचारको संरक्षणका लागि आफू नेतृत्वको सरकार ढालिएको बताए। ‘सरकारले भ्रष्टाचारीहरूलाई कारबाही गर्न थालेपछि यो सरकार बन्यो,’ उनले भने, ‘त्यसमा तपाईंहरू स्पष्ट हुँदा हुन्छ।’

झापा प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला हो। ओली गिरीबन्धु टी-स्टेटमा मुछिएका छन्। दाहालले ओलीको जिल्ला पुगेर यस्तो बताएका हुन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी