२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इटहरीमा भेटिएको शंकास्पद वस्तु निष्किय, राख्नेले नै सूचना दिएको अनुमान

१६ पुष २०८१, मंगलवार ११:४३

इटहरी | इटहरीमा भेटिएको शंकास्पद वस्तु निष्किय भएको छ। मंगलबार (आज) बिहान शंकास्पद वस्तु भेटिएपछि नेपाली सेनाको डिस्पोजल टोलीले निष्क्रिय पारेको हो। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक (एसपी) सुमन तिम्सिनाका अनुसार इटहरीका दुई ठाउँ र धरानको एक ठाउँ गरी तीन ठाउँमा बम रहेको प्रहरीलाई सूचना आएको थियो।

इटहरी उपमहानगरपालिका कार्यालयको गेटअघि, सुनसरी र मोरङको सिमानामा पर्ने बूढी खोलाको पुल नजिकै र धरानको भोटे पुल नजिकै शंकास्पद वस्तु फेला परेको प्रहरीलाई सूचना आएको तिम्सिनाले जानकारी दिए।

जसमा उपमहानगरको गेटअघि भने सेनाको टोलीले डिस्पोज गरेको छ। डिस्पोजको क्रममा सेनाले प्रेसर कुकर फेला पारेको छ। ‘प्लाष्टिकभित्र प्रेसर कुकर फेला परेको छ। साथै बम बनाउन प्रयोग हुने केही पदार्थमसेत फेला परेको छ,’ एसपी तिम्सिनाले भने, ‘प्रहरीलाई म्यासेजमा तीन ठाउँ बम राखिएको भनेर सूचना आएपनि उपमहानगर गेटअघि मात्रै प्रेसर कुकर फेला परेको छ।’

उक्त कुकरभित्र राष्ट्रिय सुरक्षा दल लेखिएको पर्चा भेटिएको छ। ‘कुकरभित्र राष्ट्रिय सुरक्षा दल भनेर लेखिएको पर्चासमेत फेला परेको छ,’ उनले भने।

उक्त पर्चामा हिन्दु राष्ट्र स्थापना, संघीयता खारेजी गर्नुपर्ने, स्थानीय तहलाई बलियो बनाउनुपर्ने, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था हुनुपर्ने लगायतका माग राखिएको छ। एसपी तिम्सिनाका अनुसार बूढीखोलामा भने बोराभित्र फोहोर फ्याँकिएको पाइएको छ । एउटा बोराभित्र कपडाजस्तो देखिनेगरी राखिएको अवस्थामा फोहोर फ्याँकिएको उनले जनाए।

‘अरूतिर सहजै बम भेटिएपनि बूढीखोलामा राखेको बम सजिलै फेला पार्न सकिदैँन’ भनेर यसअघि प्रहरीलाई म्यासेज आएको थियो। बिहान ४ः३६ बजे इलाका प्रहरी कार्यालय इटहरी र इलाका प्रहरी कार्यालय पकलीको आधिकारिक मोबाइल नम्बरमा एक नम्बरबाट एकै किसिमका म्यासेज आएको थियो। ‘अब आन्दोलन सुरु भयो’ भन्ने प्रकृतिको म्यासेज रहेको खुलेको छ। एनसिएल सिमबाट आएको उक्त म्यासेजबारे प्रहरीले सुक्ष्म र विभिन्न कोणबाट अनुसन्धान गरिरहेको एसपी तिम्सिनाले बताए।

‘हामी अनुसन्धानकै चरणमा छौँ, सीसी टीभी फुटेज पनि हेरेर अनुसन्धान हुन्छ,’ उनले भने, ‘जसले शंकास्पद वस्तु राखे, उसैले सूचना दिएको हुनसक्ने प्रारम्भिक अनुमान छ।’ उक्त सिम कसको नाममा छ र कसले म्यासेज पठाएको भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको उनले बताए।

उनका अनुसार तीन ठाउँमा बम रहेको भन्ने सूचना दिएपनि धरानमा भने केही नरहेको पुष्टि भएको छ। दुईवटै इलाका प्रहरीमा एकै समयमा सूचना आएपछि प्रहरीले विशेष सावधानी अपनाएको थियो। पूर्वतर्फ काकँडभिट्टा जाने सवारी साधन मुख्य राजमार्गबाट ‘बाइपास’ गरिएको थियो।

सुनसरी र मोरङका प्रहरी प्रमुखसहित सशस्त्र प्रहरी, नेपाली सेनासहित बाक्लो मात्रामा सुरक्षा परिचालन गरिएको थियो। अहिले उक्त वस्तु डिस्पोज भएपछि अवस्था सामान्य भइसकेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै