७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गृहमन्त्री लेखकसहित ५ सांसदविरुद्धको अदालतको अवहेलना मुद्दा हेर्न नमिल्नेमा

२४ पुष २०८१, बुधबार १४:२७

काठमाडौँ | गृहमन्त्री रमेश लेखकसहित ५ जना संघीय सांसदविरुद्ध सर्वोच्च अदालतमा दायर अदालतको अवहेलना मुद्दा आज पनि हेर्न नमिल्नेमा परेको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्धय नित्यानन्द पाण्डे र अब्दुर लजीम मुसलमानको इजलासमा सो मुद्दाको पेशी तोकिएको थियो । तर, न्यायाधीश पाण्डेय गृहमन्त्री लेखकका आफन्त रहेको हुँदा उनले मुद्दा हेर्न नमानेपछि हेर्न नमिल्नेमा परेको हो ।

अधिवक्ता यज्ञ प्रसाद अधिकारीले गृहमन्त्री रमेश लेखकसहित सांसदहरु श्यामकुमार घिमिरे, सुर्यबहादुर थापा क्षेत्री, अमरबहादुर थापा र महेश कुमार वर्तौलाविरुद्ध ०८० पुस २ गते अदालतको अवहेलनाको मुद्दा दायर गरेका थिए । यसअघि गत भदौंमा सो मुद्दा पेशीमा परेपनि हेर्न नभ्याईनेमा परेको थियो ।

पूर्वाधार विकास कार्यक्रम कार्यान्वयन नगर्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशका बारेमा असन्तुष्टि जनाउँदै दिएको अभिव्यक्तिले अदालतको अवहेलना भएको भन्दै अधिवक्ता अधिकारी अदालत पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी