२०८२, ८ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सूर्यदर्शन सहकारीको मुद्दामा सरकारी वकिलले बहस गर्दै, आजै आदेश आउन सक्ने

२०८१, २५ पुष बिहीबार १२:३१

काठमाडौँ | पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा आज सरकारी वकिलले जवाफी बहस गर्दै छन् । जिल्ला अदालत कास्कीका स्रेस्तेदार राजन खनालका अनुसार, जवाफी बहसका लागि उच्च सरकारी वकिल र जिल्ला सरकारी वकिलको कार्यालयबाट कार्यालय प्रमुख आएका छन् ।

उच्च सरकारी वकिलको कार्यालयका प्रमुख गोविन्दराज गौली र जिल्ला सरकारी वकिलको कार्यालयका कार्यालय प्रमुख कमला काफ्लेले जवाफी बहस गर्ने लामिछानेले जानकारी दिए । जिल्लाको मुद्दा भए पनि यस अगाडि थुनछेक बहसमा महान्यायाधिवक्ताको कार्यालयबाट नै सरकारी वकिल आएर बहस गरेका थिए ।

न्यायाधीश नीतिज राईको इजलासमा उनीहरूको जवाफी बहस सकिएपछि बिहीबार नै आदेश आउन सक्ने स्रेस्तेदार खनालले जानकारी दिए ।

न्यायाधीश राईको इजलासमा यही पुस १६ गतेदेखि उक्त मुद्दाका सात प्रतिवादीको थुनछेक बहस जारी छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहितका प्रतिवादीहरूको बहस सकिएपछि जाहेरवाला सहकारीपीडित पक्षका कानुन व्यवसायीको जवाफी बहस पनि बुधबारै सकिएको थियो । प्रतिवादीका तर्फबाट कानुनी व्यवसायीको बहस सकिएपछि जवाफी बहस सुरु भएको हो ।

लामिछानेसहित पूर्वडीआईजी छविलाल जोशी, लीला पछाईं, कृष्णबहादुर गुरुङ, रामबहादुर खनाललगायतमाथि थुनछेक बहस भइरहेको हो । थुनछेक बहसपछि प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्ने कि थुनामुक्त गरेर अनुसन्धान जारी राख्ने आदेश हुनेछ ।

यही पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीको रकम अपचलनको आरोपमा लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । लामिछानेमाथि सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमासमेत मुद्दा लागेको छ ।

सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा चलाएको छ । लामिछानेसहित १९ जनाविरुद्ध संगठित अपराधमा समेत मुद्दा चलाइएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ । लामिछानेसँगै खनाल, जोशी र पछाईंविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो