२७ मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शहिदहरुले बगाएको रगतमा सरकार चलाउनेहरु भष्ट्राचारको खेती गर्दैछन् : नेता रावल

२५ पुष २०८१, बिहीबार १४:५८

काठमाडौँ | नेकपा एमालेबाट निष्काशित नेता डा. भीम रावलले देशको जगलाई भत्किन नदिन सबै देशभक्तहरु एक भएर अगाडि बढ्नुपर्ने बताएका छन् ।

बिहीबार पृथ्वी नारायण शाहको जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै नेता रावलले देश र जनताका लागि रगतको खोला बगाएका शहिदहरुको रगतको आडमा बसेर भष्ट्राचारको खेती गर्नेहरु मौलाइ रहेको बताएका हुन् ।

उनले भने ,‘हाम्रो देशका लागि पृथ्वी नारायण शाहले जुन अखण्ड जग बसाल्नु भएको थियो आज प्रत्येक देशभक्तहरुले त्यो जगलाई भत्किन नदिन यी जगका इटाहरु सर्वनासतिर जान नदिन एक भएर अगाडि बढ्नुपर्ने दिन आएको छ । देश र जनताको लागि हामी भन्दा अगाडिका शहिदहरुले रगत बगाएर गए । आज उनीहरुको रगतको आडमा बसेर भष्ट्राचारको खेती गर्नेहरु यहाँ मौलाइरहेका छन् ।’

यसैगरी उनले सरकार चलाउनेहरुले नै नेपाली जनतालाई भुटानी शरणार्थी बनाएर रकम खाएको आरोप लगाए । उनले भने, ‘सरकार चलाउने र ठूला ठूला पदमा बस्नेहरुले नेपाली जनतालाई बेच्ने र नक्कली शरणार्थी बनाएर रकम खाने, जापानको विमानस्थलमा नेपालीलाई बेच्न मन्त्री आफैं जाने, सरकारी जग्गा हड्पिएर आफ्‌नो आफ्‌न्तहरुलाई बाड्ने, कुनै व्यक्ति विशेषको स्वार्थको लागि प्रधानमन्त्री कार्यालयले कुनै अपुग कथित सञ्चार विज्ञको हतियार बन्ने यस्तो घिन लाग्दो काम गर्दै आएका छन् ।’उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आँखामा पट्टी बाँधेको शासकको संज्ञा दिएका छन् । रावलले ओलीले सबै जनता मुर्ख छन्, म मात्रै सर्वज्ञ हुँ भन्ने भाव प्रस्तुत गरिरहेको बताएका हुन् ।

उनले भने , ‘कतिपय मान्छेहरु भन्छन्, हामीले त सरकार संविधान संशोधनका लागि ल्यायौं । तर, यदि मेरो आँखा र कानले धोका दिएको छैन भने, देशका प्रधानमन्त्री भन्नुहुन्छ, अब संविधान संशोधन २०८७ सालमा हुन्छ । आश्चर्य लाग्छ, सरकारमा म पनि गएको थिएँ । तर, यतिसाह्रो आँखामा पट्टी लगाएर, जनता सबै मुर्ख छन्, म मात्रै सर्वज्ञाता छु भन्ने यस्तो कुनै देशको शासक हुन्छ भन्ने मलाई लाग्दैन ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने एनपिएलः अन्तिम खेल शनिबार, उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा