२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रविविरुद्धको मुद्दा: रविविरुद्धको मुद्दा: आदेश लेख्दै न्यायाधीश, बाहिर सुरक्षा व्यवस्था कडा

२०८१, २५ पुष बिहीबार १६:३०

काठमाडौँ | रास्वपाका सभापति रवि लामिछानेसहित अन्य पदाधिकारीहरू मुछिएको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा थुनछेक बहस सकिएको छ । न्यायाधीश नीतिज राईको इजलासमा बिहीबार सरकारी वकिल र प्रतिवादी पक्षको जवाफी बहस सम्पन्न भएको हो ।

जिल्ला अदालत कास्कीका अनुसार आजै बेलुका आदेश आउने सम्भावना रहेको जनाइएको छ । मुद्दाको आदेश लेखन कार्य भइरहेको छ अदालत स्रोतको भनाइ छ ।

न्यायाधीश राईको इजलासले रविलाई पुर्पक्षका लागि थुनामा पठाउने कि धरौटीमा छाड्ने भन्नेबारे आदेश गर्ने छ ।

थुनछेक बहस सकिएपछि रास्वपाका शीर्ष नेता, कार्यकर्ता, र सहकारी पीडितहरू अदालत परिसरमा जम्मा भएका छन् । रास्वपाका कार्यबाहक सभापति डीपी अर्याल, कार्यवाहक प्रवक्ता मनिष झा, सांसद विराजभक्त महर्जन, विनिता कठायतलगायत अदालत परिसरमा देखिएका छन् ।

यसैबीच, अदालत परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीले निषेधित क्षेत्रमा सुरक्षा दिइरहेका छन् ।

रास्वपा सभापति रवि लामिछानेलाई अदालतभित्र थुनुवा विश्राम कक्षमा राखिएको छ। उनकी पत्नी निकिता लामिछाने पनि सोही कक्षमा आदेशको प्रतीक्षा गरिरहेकी छन् । रविका समर्थकहरू उनलाई थुनामुक्त गर्ने आदेशको प्रतीक्षामा छन् ।

अदालतले रविलाई छोड्ने आदेश दिए पनि उनी थुनामुक्त भने हुने सम्भावना कम रहेको प्रहरी उच्च स्रोतको भनाइ छ ।
अन्य जिल्लामा पनि मुद्दा चलिरहेका कारण उनलाई पुन: पक्राउ गर्न प्रहरी तयारी अवस्थामा रहेको छ।

सूर्यदर्शन सहकारी प्रकरणमा रविसहित गोर्खा मिडियाका पूर्व उपाध्यक्ष तथा पूर्व डिआइजी छविलाल जोशी, रविका सहयोगी लिला पछाईं, पूर्व सांसद तथा संस्थापक उपाध्यक्ष मीना गुरुङ, संस्थापक सदस्य कृष्णबहादुर गुरुङ, र पूर्व कोषाध्यक्ष आरती गुरुङविरुद्ध पनि मुद्दा चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते