२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रास्वपा कोशी प्रदेश सभापतिलाई कारबाही गर्न बोलाइएको बैठक कोरम नपुग्दा रद्द

२०८१, २९ पुष सोमबार १२:०१

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय अनुशासन आयोगले कोशी प्रदेशका सभापति राजेश तिमिल्सिनाविरुद्ध कारवाही प्रक्रिया अघि बढाउन आइतबार बोलाएको बैठक कोरम नपुगेपछि रद्द भएको छ।

मुकुल ढकाललाई पुनःस्थापना गर्नुपर्ने तिमल्सिनाको अभिव्यक्तिपछि आयोगले स्पष्टीकरण माग्दै कोशी प्रदेश समितिको बैठक बोलाएको थियो।

इटहरीको दुर्गा पार्टी प्यालेसमा बोलाइएको बैठकमा सदस्यहरू नै नआएपछि केन्द्रीय अनुशासन आयोगका अध्यक्ष भरतमणि देवकोटा त्यसै फर्किएको रास्वपा कोशी प्रदेशका एक नेताले जानकारी दिए।

उनका अनुसार ६२ सदस्यीय प्रदेश कमिटीका केवल १३ सदस्य मात्र बैठकमा उपस्थित थिए । त्यस्तै, पाँच सदस्यीय कार्यसम्पादन समितिका केबल दुई सदस्यहरू; उपाध्यक्ष शरिन तामाङ र महामन्त्री लालविक्रम थापामात्रै सहभागी थिए।

बैठकमा आएका सदस्यहरू पनि तोकिएको समयभन्दा ४० मिनेट ढिला उपस्थित भएका थिए। उनीहरूले बाँकी सदस्यहरूको प्रतिक्षा गरेको भएपनि आवश्यक कोरम नपुगेपछि बैठक रद्द भएको ती नेताले बताए।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते