नरी बडु/साउन ३, बैतडी । नेकपा एमाले बैतडीले स्थानीय तहको निर्बाचनमा जिम्मेवार पदमा बसेर पार्टी र उमेद्वारलाई असहयोग गरेको भन्दै १७ जनालाई साधारण सदस्य समेत नरहने गरी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नरी बडु/साउन ३, बैतडी । नेकपा एमाले बैतडीले स्थानीय तहको निर्बाचनमा जिम्मेवार पदमा बसेर पार्टी र उमेद्वारलाई असहयोग गरेको भन्दै १७ जनालाई साधारण सदस्य समेत नरहने गरी"/>
८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमालेका १७ जिल्ला स्तरीय कार्यकर्ता निष्कासित

३ श्रावण २०७४, मंगलवार ०८:५४

नरी बडु/साउन ३, बैतडी । नेकपा एमाले बैतडीले स्थानीय तहको निर्बाचनमा जिम्मेवार पदमा बसेर पार्टी र उमेद्वारलाई असहयोग गरेको भन्दै १७ जनालाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निस्कासित गरेको छ ।

सोमवार बसेको जिल्लाको १९ औ पुर्ण बैठकले पार्टीका उमेद्वार बिरुद्ध उमेद्वार बनेका, उमेद्वारलाई असहयोग गर्ने १७ जना जिल्ला स्तरका कार्यकर्तालाई कारवाही गरेको हो ।

जिल्ला कमिटी सदस्य नरेन्द्र भट्ट, प्रकाश साउद, जानकी भाट, भगीरथसिंह कुवर, राजेश्वरी कुवर, कृष्णसिंह साउद, प्रदीप बोहरा, दलबहादुर ऐर, नागी धानुक, तस्बीर बोहरालाई साधारण सदस्यता समेत नरहने गरी कार्वाही गरेको जिल्ला सचिव लिलाधर भट्टले बताए ।

यस्तै पुर्व अञ्चल सल्लाहकार सदस्य नरबहादुर बिष्ट, पुर्व जिल्ला उपसचिव मोहन बराल, जिल्ला सल्लाहकार शंकरसिंह भाट, स्कुल बिभाग सदस्य लोकराज भट्ट, अनेमसंघ जिल्ला कोषाध्यक्ष चन्द्रकला साउद, जिल्ला सदस्य उत्तरा अवस्थी र शिक्षक संगठन सहसचिव गणेश बोहरालार्ई समेत कार्वाही गरिएको भट्टले बताए । कारवाही गरिएका मध्ये चन्द्रकला साउद राप्रपाबाट मेलौली नगरपालिका उपप्रमुख र कृष्णसिंह साउद सिगास गाउपालिका अध्यक्षमा स्वतन्त्र उमेद्वार बनेका थिए ।      

बैठकले निर्वाचनको समीक्षा गर्दै गाउ र नगरका अन्य कार्यकर्ताको भूमिका छानबिन गरी जिम्मेवारीमा बसेर अन्तरघात गर्नेलाई कारबाही गर्न बडातहबाट साउन १५ भित्र जिल्लामा माग गरेको नेकपा एमाले बैतडीका कार्यबहाक अध्यक्ष सुरेन्द्र पालले बताउनुभयो । एमाले बैतडीले जनाएको छ । बैतडीका १० स्थानीय तह मध्ये एमालेले ७ तहमा प्रमुख र ५ मा उपप्रमुखमा पराजित भएको थियो । 

तर कारवाहीमा परेका कार्यकर्ताहरुले भने पाटीको नेतृत्व गर्ने व्यक्तिहरुले व्यक्तिगत पुर्वाग्रहमा आफुहरुलाई कारवाही गरेको आरोप लगाएका छन् । आफुहरु विगत देखिनै एमाले कार्यकर्ता भएको र चुनावमा पनि कुनै किसमको असहयोग नगरेको नेकपा एमाले बैतडीका पुर्व जिल्ला उपसचिव मोहन बरालको भनाई छ ।

आरोप प्रमाणीत नभईकन दुई चार जना बसेर व्यक्तिगत रिसिभिका कारण आफुहरुलाई कारवाही गरेको भन्ने सुनेका छौँ तर आफुहरुलाई अहिलेसम्म कुनै खबरै नआएको बरालको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार