नरी बडु/साउन ३, बैतडी । नेकपा एमाले बैतडीले स्थानीय तहको निर्बाचनमा जिम्मेवार पदमा बसेर पार्टी र उमेद्वारलाई असहयोग गरेको भन्दै १७ जनालाई साधारण सदस्य समेत नरहने गरी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नरी बडु/साउन ३, बैतडी । नेकपा एमाले बैतडीले स्थानीय तहको निर्बाचनमा जिम्मेवार पदमा बसेर पार्टी र उमेद्वारलाई असहयोग गरेको भन्दै १७ जनालाई साधारण सदस्य समेत नरहने गरी"/>
२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमालेका १७ जिल्ला स्तरीय कार्यकर्ता निष्कासित

२०७४, ३ श्रावण मंगलवार ०८:५४

नरी बडु/साउन ३, बैतडी । नेकपा एमाले बैतडीले स्थानीय तहको निर्बाचनमा जिम्मेवार पदमा बसेर पार्टी र उमेद्वारलाई असहयोग गरेको भन्दै १७ जनालाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निस्कासित गरेको छ ।

सोमवार बसेको जिल्लाको १९ औ पुर्ण बैठकले पार्टीका उमेद्वार बिरुद्ध उमेद्वार बनेका, उमेद्वारलाई असहयोग गर्ने १७ जना जिल्ला स्तरका कार्यकर्तालाई कारवाही गरेको हो ।

जिल्ला कमिटी सदस्य नरेन्द्र भट्ट, प्रकाश साउद, जानकी भाट, भगीरथसिंह कुवर, राजेश्वरी कुवर, कृष्णसिंह साउद, प्रदीप बोहरा, दलबहादुर ऐर, नागी धानुक, तस्बीर बोहरालाई साधारण सदस्यता समेत नरहने गरी कार्वाही गरेको जिल्ला सचिव लिलाधर भट्टले बताए ।

यस्तै पुर्व अञ्चल सल्लाहकार सदस्य नरबहादुर बिष्ट, पुर्व जिल्ला उपसचिव मोहन बराल, जिल्ला सल्लाहकार शंकरसिंह भाट, स्कुल बिभाग सदस्य लोकराज भट्ट, अनेमसंघ जिल्ला कोषाध्यक्ष चन्द्रकला साउद, जिल्ला सदस्य उत्तरा अवस्थी र शिक्षक संगठन सहसचिव गणेश बोहरालार्ई समेत कार्वाही गरिएको भट्टले बताए । कारवाही गरिएका मध्ये चन्द्रकला साउद राप्रपाबाट मेलौली नगरपालिका उपप्रमुख र कृष्णसिंह साउद सिगास गाउपालिका अध्यक्षमा स्वतन्त्र उमेद्वार बनेका थिए ।      

बैठकले निर्वाचनको समीक्षा गर्दै गाउ र नगरका अन्य कार्यकर्ताको भूमिका छानबिन गरी जिम्मेवारीमा बसेर अन्तरघात गर्नेलाई कारबाही गर्न बडातहबाट साउन १५ भित्र जिल्लामा माग गरेको नेकपा एमाले बैतडीका कार्यबहाक अध्यक्ष सुरेन्द्र पालले बताउनुभयो । एमाले बैतडीले जनाएको छ । बैतडीका १० स्थानीय तह मध्ये एमालेले ७ तहमा प्रमुख र ५ मा उपप्रमुखमा पराजित भएको थियो । 

तर कारवाहीमा परेका कार्यकर्ताहरुले भने पाटीको नेतृत्व गर्ने व्यक्तिहरुले व्यक्तिगत पुर्वाग्रहमा आफुहरुलाई कारवाही गरेको आरोप लगाएका छन् । आफुहरु विगत देखिनै एमाले कार्यकर्ता भएको र चुनावमा पनि कुनै किसमको असहयोग नगरेको नेकपा एमाले बैतडीका पुर्व जिल्ला उपसचिव मोहन बरालको भनाई छ ।

आरोप प्रमाणीत नभईकन दुई चार जना बसेर व्यक्तिगत रिसिभिका कारण आफुहरुलाई कारवाही गरेको भन्ने सुनेका छौँ तर आफुहरुलाई अहिलेसम्म कुनै खबरै नआएको बरालको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा