नन्दराम जैशी | साउन ४, जुम्ला । जुम्लाका नव निर्वाचित जनप्रतिनिधिहरुले जिल्लामा कर्मचारी तन्त्र कायम रहेको बताएका छन् । आफ्नो काम कर्तब्य र अधिकारसँगै स्थानिय तह संचालनका लाग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

नन्दराम जैशी | साउन ४, जुम्ला । जुम्लाका नव निर्वाचित जनप्रतिनिधिहरुले जिल्लामा कर्मचारी तन्त्र कायम रहेको बताएका छन् । आफ्नो काम कर्तब्य र अधिकारसँगै स्थानिय तह संचालनका लाग"/>

८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

कर्मचारीतन्त्र कायम छ, “जुम्लाका नव निर्वाचित जनप्रतिनिधि”

४ श्रावण २०७४, बुधबार ०७:१५

नन्दराम जैशी | साउन ४, जुम्ला । जुम्लाका नव निर्वाचित जनप्रतिनिधिहरुले जिल्लामा कर्मचारी तन्त्र कायम रहेको बताएका छन् । आफ्नो काम कर्तब्य र अधिकारसँगै स्थानिय तह संचालनका लागि कार्यविधि नबनेपछि कर्मचारीहरुले नै काम गरीरहेको भन्दै जुम्लाका जनप्रतिनिधिहरुले जिल्लामा कर्मचारी तन्त्र कायम रहेको बताएका हुन् । 

कार्यविधि नबन्दा कार्यसम्पादनमा समस्या भैरहेकोले जनप्रतिनिधिको काम पनि कर्मचारीहरुले गर्नुपरेको गुनासो छ । राज्यले स्थानिय तहलाइ अधिकार सम्पन्न बनाएपनि त्यो सबै लिखित अधिकारमा मात्र कायम रहेको भन्दै ब्यवहारमा केन्द्रकृत सत्ता र कर्मचारी तन्त्रको अन्त्य नभएको जनप्रतिनिधिहरुको दावि छ । 

नागरीक संबाद केन्द्र जुम्लाको आयोजनामा मंगलबार जिल्लामा सम्पन्न भएको नागरीक संबाद कार्यक्रमका सहभागि जुम्लाका नव निर्वाचित जनप्रतिनिधिहरुले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै चन्दननाथ नगरपालिका जुम्लाका मेयर कान्तीका सेजुवालले जनप्रतिनिधि र कर्मचारीबिचको सम्बन्ध सुमधुर बनाउनुपर्नेमा जोड दिनुभयो । कर्मचारीले जनप्रतिनिधिहरुको स्तर मापन गर्न नमिल्ने भन्दै मिलेर काम गर्ने बाताबरण सृर्जना गर्न सबैलाइ अपिल गर्नुभयो । 

उहाले भन्नुभयो, जनप्रतिनिधि कर्मचारी सरह हुदैन र हुनुपनि हुदैन, कर्मचारी सरह जनप्रतिनिधिले दश, चारको मात्र ड्युटि र सेवा दिने होइन । जनताको सेवाका लागि जुनसुकै समयमा जनप्रतिनिधि तयार हुनुपर्दछ र हामि हुनेछौ, उहाले भन्नुभयो । चन्दननाथ नगरपालिकाले ल्याएको निति, कार्यक्रम र बजेट कार्यान्वयनमा जोड दिन सबैलाइ अनुरोध गर्दै कार्यान्वयनमा जोड दिए विकास टाढा नरहेको उहाको भनाइ छ । 

उपमेयर अप्सरादेखि न्यौपाने महतले नव निर्वाचित जनप्रतिनिधिहरुमध्य सबै उपप्रमुखहरु काम बिहिन भएको दावि गर्नुभयो । उपप्रमुखलाई न्यायलय जस्तो मुख्य भुमिकामा जिम्मेवारी दिएपनि कार्यविधि नबन्दा आफुहरुले कुनै कार्य सम्पादन गर्न नसकेको उहाले प्रष्ट पार्नुभयो । जनप्रतिनिधि भन्दा कर्मचारीहरु धेरै अनुभवि र विज्ञ रहेको जानकारी दिदै ज्ञान, सिप र अनुभव नहँुदा जनप्रधिनिधिले गर्ने काम पनि कर्मचारीहरु गर्न बाध्य भएको उहाको भनाइ छ । 

नागरीक संबाद कार्यक्रममा नागरीक संबाद केन्द्र जुम्लाका प्रमुख पदम बहादुर शाहिले स्थानिय तह संचालन विधेयक २०७३ का बिषयमा जानकारी दिनुका साथै त्यसमा भएका प्रावधानबारे स्पष्ट पार्नभएको थियो । उहाँको प्रस्तुतिमा भनाइ राख्दै गोठिचौर गाँउपालिकाका अध्यक्ष हरी बहादुर भण्डारीले ऐन, कानुनका बिषयमा राज्यले जनप्रतिनिधिलाइ तालिम, गोष्ठि मार्फत जानकारी दिनुपर्नेमा जोड दिनुभयो । 

तातोपानि गाँउपालिकाकि उपप्रमुख गंगादेवि उपाध्यायले सेवा प्रवाहलाइ प्रभावकारी बनाउन कर्मचारी ब्यवस्थापनमा जोड दिनुपर्ने भन्दै कार्यालय छोडि बजारमा बस्ने कर्मचारीलाइ नियमनमा ल्याउन आवाश्यक रहेको बताउनुभयो । तिला गाँउपालिकाकि उपाअध्यक्ष बिष्णुमाया बुढाले आफु न्यायिक समिति संयोजक रहेपनि कार्यविधि नहँुदा कुन आधारमा न्यायिक काम गर्ने भन्ने बिषयमा अलमलमा परेको बताउनुभयो । 

हिमा गाँउपालिका अध्यक्ष रज बहादुर शाहिले वडा, गाँउपालिका र नगरपालिका विभाजन तथा गाभ्ने अधिकार स्थानिय तहलाइ दिइनुपर्ने तर्कगर्नुभयो । सहायक प्रमुख जिल्ला अधिकारी टेक बहादुर बुढ्थापाले अबको एक हप्ता भित्र जुम्लाका सबै स्थानिय तहमा बिषयगत कर्मचारी ब्यवस्थापन गरीने जानकारी दिनुभयो । स्थानिय तहमा देखिएका समस्याहरु विस्तारै न्युनिकरण हुदै जाने तर्क गर्दै सेवा प्रवाहमा कुनै कमि नराख्न कमैचारी र जनप्रतिनिधिहरुलाइ उहाले अनुरोध गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार