२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भीम रावलको अभियानमा लागेको भन्दै पूर्व सांसदसहित पाँच जनालाई पार्टीबाट निष्कासित

२० माघ २०८१, आईतवार १७:३३

काठमाडौँ | नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले एमालेका पाँच जना नेताहरूलाई कारबाही गरेको छ । एमालेले कारबाही गरेका पूर्व उपाध्यक्ष भीम रावलको मातृभूमि जागरण अभियानमा लागेको भन्दै पाँच जना नेतालाई पार्टीबाट निष्कासन गरेको हो ।

पार्टीको कारबाहीमा पर्नमा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य र प्रदेश सल्लाहकार परिषद् सदस्य छन् ।

प्रदेश कमिटीको पाँचौँ सचिवालय बैठकले सल्लाहकार परिषद् सदस्य लालबहादुर खड्का र हर्क कुँवरलाई पार्टी सदस्यबाट निष्कासन गर्ने निर्णय गरिएको एमाले प्रदेश सचिव रणबहादुर चन्दले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

खड्कालाई यस अघि पनि स्पष्टीकरण सोधिएको थियो । पहिलो पटक स्पष्टीकरण सोध्दा चित्त बुझ्दो जवाफ दिएका कारण एक पटकको लागि कारबाही नगर्ने भनिएको तर, फेरी सोही गतिविधिमा संलग्न रहेपछि कारबाही गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

अर्का प्रदेश सल्लाहकार परिषद् सदस्य कुँवरलाई यस अघि नै तीन महिनाको लागि निष्कासन गरिएको जानकारी दिँदै फेरी पार्टी विरुद्धको गतिविधिमा संलग्न रहेको भन्दै पार्टीबाट निष्कासन गरिएको एमालेले जनाएको छ ।कुवर पूर्व प्रदेश सभा सदस्य हुन् ।उनी प्राकृतिक स्रोत समिति सभापति समेत भएका थिए ।

प्रदेश कमिटी सदस्य जङ्गबहादुर विक, दुधकला विष्ट र केशर मियाँलाई पनि पार्टी सदस्यबाट निष्कासन गर्ने निर्णय गरेको एमाले सुदूरपश्चिमका सचिव रणबहादुर चन्दले जानकारी दिए ।

प्रदेश कमिटी सदस्य विकलाई यस अघि नै स्पष्टीकरण सोध्दा पनि उनले स्पष्टीकरण नबुझाएको एमालेको आरोप छ ।

विष्ट र मियाँलाई यस अघि तीन महिनाको लागि कारबाही गरिएकोमा फेरी पार्टी विरोधी गतिविधिमा संलग्न रहेको भन्दै पार्टीबाट निष्कासन गरिएको एमाले प्रदेश सचिव चन्दले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…