२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अण्डाको मूल्य बढ्यो, प्रतिक्रेट कति ?

२०८१, २२ माघ मंगलवार १४:५२

काठमाडौँ | बजारमा अण्डाको मूल्य बढेको छ। अण्डाको खपत बढेसँगै मूल्य बढेको हो। आजबाट लागु हुने गरी अण्डाको मूल्य बढाइएको नेपाल लेयर्स कुखुरापालक संघले जानकारी दिए।

संघमा अनुसार साेमबार अण्डा उत्पादकहरु बैठक बसेका थियाे । साेही बैठकले आजबाट मूल्य बढाउने निर्णय गरेको हाे ।

बजारमा मध्यम, ठूलो र एक्सल गरी तीन आकारका अण्डा आउँछन् । न्यूनतम प्रतिक्रेट १५ रूपैयाँदेखि अधिकतम ३० रूपैयाँका दरले अण्डाको मूल्य बढाइएको छ ।

अहिले मध्यम अण्डाको मूल्य प्रतिक्रेट तीन सय ८५ , एक्स–एल अण्डाकाे मूल्य प्रतिक्रेट चार सय १५ रुपैयाँ र ठूलो अण्डाको मूल्य प्रतिक्रेट चार सय पर्ने भएको छ।

यसअघि अण्डाको मूल्य प्रतिक्रेट तीन सय ७०, मध्यम तीन सय ५५ र एक्स–एल अण्डा तीन सय ८५ रूपैयाँ थियो। किसानले पाउने मूल्य बढेसँगै उपभोक्ता मूल्य पनि थोरै बढ्ने छ। हाल उपभोक्ता मूल्य प्रतिक्रेट २० देखि ३० रूपैयाँका दरले बढेको छ ।

उपभोक्तालाई प्रतिक्रेट अण्डाको मूल्य मध्यम चार सय ५०, एक्स–एल ४ सय ९० र ठूलो चार सय ७०, रुपैयाँ पर्नेछ। अहिले उपभोक्तालाई अण्डा प्रतिगोटा भने २० रूपैयाँ पर्ने छ। यसअघि पनि प्रतिगोटा अण्डा भने २० रूपैयाँमै बिक्री भएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति