८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओली–देउवासँग उपेन्द्रले मागे मधेशको मुख्यमन्त्री

२४ माघ २०८१, बिहीबार १४:१३

काठमाडौँ | उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले मधेश प्रदेशको मुख्यमन्त्री पाउने शर्तमा अध्यादेशलाई समर्थन गर्ने प्रस्ताव राखेको छ । उपेन्द्रलाई मधेशको मुख्यमन्त्री दिनेगरी अध्यादेशमा मत दिने मोटामोटी सहमति बनिसकेको नेपाली कांग्रेसका एक शीर्ष नेताले दिए । ‘सभापति देउवा र प्रधानमन्त्री ओली छलफल गरेर कहाँ के गर्ने टुंगिन्छ,’ कांग्रेसका एक शीर्ष नेताले भने, ‘मधेशको मुख्यमन्त्रीमा उहाँहरूको चासो छ । त्यही पद मिलाउनेतिर सकारात्मक छलफल छ ।’

बिहीबार संघीय संसद्का दुवै सदनबाट सरकारले ल्याएका ६ वटा अध्यादेश पारित गर्ने कार्यसूची बनेको छ । प्रतिनिधिसभाबाट सहजै अध्यादेश पारित हुने भए पनि राष्ट्रिय सभामा उपेन्द्र नेतृत्वको जसपा नेपाल निर्णायक भूमिकामा देखिएको छ ।

जसपा नेपाललाई फकाउन सत्ता र प्रतिपक्ष दुवैतर्फका नेताहरू लागिपरेका थिए । बिहीबार बिहान अध्यक्ष यादवले प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितसँग छलफल गरेका थिए । उक्त छलफलमा उपेन्द्रले मधेशको मुख्यमन्त्री आफ्नो दलले पाउनेगरी अध्यादेशमा सहमति दिने शर्त अघि सारेका थिए । जसपा नेपालको संसदीय दलको बैठक जारी छ । सोही बैठकबाट छलफल गरेर अध्यादेशको समर्थनमा जाने निर्णय लिने बताइएको छ ।

जसपा कार्यदलले अध्यादेश अध्ययन प्रतिवेदन बुझायो पार्टीलाई
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले गठन गरेको अध्यादेश अध्ययन कार्यदलले पार्टीलाई प्रतिवेदन बुझाएको छ । पार्टी उपाध्यक्ष राजकिशोर यादव संयोजक रहेको कार्यदलले बिहीबार पार्टी अध्यक्ष उपेन्द्र यादवलाई अध्यादेशबारेको प्रतिवेदन बुझाएको हो । प्रतिवेदनमा उल्लेख भएका कुराहरु भने अहिले बताउन नमिल्ने जनता समाजवादी पार्टीका प्रवक्ता मनिष सुमनले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी