काठमाडौँ | काठमाडौँको टुसालमा बसको ठक्करबाट एक बृद्धाको मृत्यु भएको छ।
बसको ठक्करबाट पैदलयात्री सिन्धुपाल्चोक मेलम्ची नगरपालिका ५ घर भई बूढानीलकण्ठ नगरपालिका १२ कपन बस्ने ७७ वर्षीया तारा कुमारी भट्टराईको बिहीबार दिउँसो मृत्यु भएको हो।
प्रहरीका अनुसार काठमाडौँ महानगरपालिका–६ बौद्ध टुसालस्थित सडकमा बा ५ ख ६६४० नम्बरको बसले उनलाई ठक्कर दिएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको स्तुपा सामुदायिक अस्पताल चुच्चेपाटीमा उपचारको क्रममा मृत्यु भएको हो।
बस चालकलाई प्रहरीले पक्राउ गरेको छ।