2026-09-21 07:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रचण्डलाई विश्वप्रकाशको प्रश्न: तपाईं बन्दा असंवैधानिक नहुने, ओली बन्दा कसरी असंवैधानिक ?

काठमाडौँ | नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका सांसद विश्वप्रकाश शर्माले प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई लक्षित गर्दै वर्तमान सरकार कसरी असंवैधानिक भन्दै प्रश्न गरेका छन् ।

यसअघि बिहीबार प्रचण्डले केपी ओली नेतृत्वको वर्तमान सरकार असंवैधानिक भएको दाबी गरेका थिए । शर्माले कांग्रेस समर्थनमा माओवादी प्रधानमन्त्री संवैधानिक र एमाले अध्यक्ष बन्दा कसरी असंवैधानिक भन्दै उनले प्रश्न गरे ।

‘संविधानको धारा ७६ को उपधारा २ बमोजिम कांग्रेस समर्थनमा माओवादी अध्यक्ष प्रधानमन्त्री बन्दा संवैधानिक, त्यही संविधानको त्यही धारा र उपधाराअनुसार कांग्रेस समर्थनमा एमाले अध्यक्ष ओली प्रधानमन्त्री बन्दा कसरी असंवैधानिक?’ महामन्त्री शर्माको प्रश्न छ ।

अध्यक्ष दाहालले आफूले विश्वासको मत नपाएपछि संविधानको धारा ७६ को उपधारा ३ अनुसार संसदको सबैभन्दा ठूलो दल कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वमा सरकार बन्नुपर्नेमा ओलीको नेतृत्वमा बनेको भन्दै असंवैधानिक रहेको बताएका थिए।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो