2026-09-21 03:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रकाश ज्वालालाई प्रधानमन्त्रीको जवाफ: आफैँ मन्त्री हुँदा नगर्ने, अहिले प्रश्न गर्ने ?

काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले आफू मन्त्री हुँदा काम नगर्ने र अर्को सरकार आएपछि प्रश्न गर्ने परम्परा बसेको बताएका छन् ।

आइतबार प्रतिनिधि सभा बैठकमा सांसदसँग प्रश्नोत्तर कार्यक्रममा प्रश्न राखेका एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाको प्रश्नमा जवाफ दिँदै ओलीले आफूले काम नगर्ने र अरुलाई प्रश्न सोध्ने अनौठो संस्कार रहेको बताए ।

‘मैले निर्वाचन क्षेत्र रणनीतिक सडक र हरेक पालिकामा आधारभूत अस्पतालको आवश्यकता महसुस गरेर काम सुरु गरेँ। त्यसको केही समयमै सरकार परिवर्तन भयो म बाहिरिएँ। त्यसपछि आउने सरकारले निरन्तरता दिएनन्। निर्माण रोकियो,’ उनले भने, ‘प्रश्नकर्ता माननीय पनि त्यसपछिका सरकारमा भौतिक पूर्वाधार मन्त्री हुनुहुन्थ्यो कि जस्तो लाग्छ। तीनवर्ष रद्ध गर्ने अनि कार्यक्रम किन सुरु भएन प्रश्न सोध्ने? हाम्रो अनौठोको संस्कार छ।’

ज्वालाले प्रधानमन्त्री ओलीको अघिल्लो कार्यक्रममा शिलान्यास गरेका १६५ निर्वाचन क्षेत्रीय रणनीतिक सडकहरु र पालिका अस्पतालको प्रगति हुन नसकेको बारे सोधेका थिए ।

प्रश्न थियो, ‘तपाईंले तामझामका साथ शिलान्यास गरेका १६५ निर्वाचन क्षेत्रीय रणनीतिक सडकहरु बजेटको अभावमा अलपत्र छन् भने पालिका अस्पतालहरु कतिका जगमात्र र कतिका पिलरमात्रै अस्थिपञ्जर जस्तै ठडिएका छन् । तिनीहरुका लागि बजेट व्यवस्था गरेर काम सम्पन्न गर्ने योजना के छ ?’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो