७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारका राज्यमन्त्रीसँगको भेटपछि परराष्ट्रमन्त्री राणाले भनिन्– विपीन जोशी चाँडै रिहा हुनेछन्

४ फाल्गुन २०८१, आईतवार १५:३९

काठमाडौँ | परराष्ट्रमन्त्री आरजु राणा देउवाले प्यालेन्टिन चरमपन्थी समूह हमासको नियन्त्रणमा रहेका नेपाली युवा विपीन जोशी छिट्टै रिहा हुने आशा व्यक्त गरेकी छन् ।

ओमानको राजधानी मस्कटमा कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद बिन सुल्तान अल मुरैखीसँग भेटवार्ता गरेपछि उनले यस्तो बताएकी हुन् ।

“हामीले अक्टोबर ७, २०२३ देखि हमासद्वारा बन्धक बनाइएका विपीन जोशीको सुरक्षित रिहाइ गर्ने प्रयासहरूबारे पनि छलफल गर्यौं । हामी आशा गर्छौं जोशी चाँडै रिहा हुनेछन्,” मन्त्री राणाले सामाजिक सञ्जाल एक्समा लेखेकी छन् ।

मन्त्री राणा ‘८ औं हिन्द महासागर सम्मेलन २०२५’ मा सहभागी हुन गत शुक्रबार ओमानको मस्कट गएकी हुन् । सोही सम्मेलनको साइडलाइनमा मन्त्री राणा र कतारका विदेश राज्यमन्त्रीबीच भेटवार्ता भएको हो ।

कतारका विदेश राज्यमन्त्रीसँगको भेटवाबर्तामा नेपाल–कतार सम्बन्धका साथै द्विपक्षीय र बहुपक्षीय सहयोग सम्बन्धी विषयहरूमा छलफल भएको थियो । भेटमा दक्ष प्राविधिक कामदारहरूको आवश्यकता र कतारमा नेपाली विद्यार्थीहरूका लागि छात्रवृत्तिको अवसरहरू प्रदान गर्ने विषयमा छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या