2026-09-21 03:45 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारत पढ्न जाने विद्यार्थीलाई एनओसी अनिवार्य गरौं : रघुजी पन्त

काठमाडौँ | भारत पढ्न जाने विद्यार्थीहरूलाई नो अब्जेक्सन लेटर( एनओसी) अनिवार्य गर्न सांसदहरूले माग गरेका छन्। आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै नेकपा एमालेका सांसद रघुजी पन्तले विद्यार्थीको सुरक्षाका लागि पनि एनओसी अनिवार्य गर्नुपर्ने बताए।

‘जसरी अरू देश पढ्न जाने विद्यार्थीलाई एनओसी आवश्यक हुन्छ। यसैगरी भारत पढ्न जाने प्रत्येक विद्यार्थीलाई पनि एनओसी अनिवार्य गरिनुपर्छ,’उनले भने। उनले प्रकृति लम्सालको मृत्युपछि नेपाल फर्किएका विद्यार्थीलाई भारतमा पढ्ने वातावरण तत्काल बनाउनुपर्नेमा जोड दिए।

सांसद पन्तले विद्यार्थीहरूलाई भारत फर्काउन सरकारले के-कस्तो काम गरिरहेको छ यसबारे सम्बन्धित मन्त्रीले संसदमा जानकारी गराउन समेत माग गरे। ‘प्रकृति लम्सालको मृत्युपछि विभिन्न नाकाबाट पाँचसय विद्यार्थीहरू फर्किसकेका छन्। उनीहरू आतंकित छन्। ती सबैको भ्याइस रेकर्ड पनि सुन्यौं। उनीहरूमाथि जुन प्रकारको आक्रमण भयो त्यो कुनै शैक्षिक संस्थामा हुनुपर्ने कुरा होइन। उनीहरू फर्किने मनस्थितिमा छैनन्। फर्किएका विद्यार्थीहरूका लागि पढ्नका लागि शैक्षिक वातावरण बनाउन नेपाल सरकारले ठोस काम गर्नुपर्ने देखिन्छ। ती विद्यार्थीहरूलाई फर्काउन सरकारले केकस्तो पहल गरिरहेको छ,’उनले भने,’ यसबारे सम्बन्धित मन्त्रीले जवाफ दिनुपर्छ।’

उनले त्यहाँको विश्वविद्यालयले नेपाली विद्यार्थीमाथि गरेको ज्यादती र नेपाललाई होच्याउने काम आफैमा निन्दनीय भएको बताए। विद्यार्थीहरूलाई विदेश पलायनबाट रोक्न स्वदेशैमा गुणस्तरीय शिक्षाको व्यवस्था गर्न समेत माग गरे।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो