2026-07-04 08:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मन्त्रीका स्वकीय सचिवको सुसाइड नोट, ‘गिरोहले मेरो स्वर बनाएर अफवाह फैलायो, मानहानि गरियो’

काठमाडौँ | बागमती प्रदेशका सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठका स्वकीय सचिव रवि थापा फागुन १२ गते काठमाडौंको कलंकीस्थित एक डेरामा अचेत अवस्थामा फेला परेका थिए। ३६ वर्षीय थापाको उपचारको क्रममा सोही दिन साँझ सहिद मेमोरियल अस्पतालमा मृत्यु भयो।

धादिङको धुनिवेशी नगरपालिका–९ घर भएका ३६ वर्षीय थापा साथीको डेरामा अचेत अवस्थामा फेला परेका हुन् । प्रहरी अनुसन्धानका अनुसार घटनास्थलमा गहुँको किराबाट बचाउन प्रयोग गरिने विषादीको प्याकेट र एक पृष्ठ लामो सुसाइड नोट भेटिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराका अनुसार उक्त सुसाइड नोटको अनुसन्धान जारी छ।

सुसाइड नोटमा थापाले एउटा साप्ताहिक पत्रिकाले आफ्नो अडियो सार्वजनिक गरेपछि मानसिक तनावमा परेको उल्लेख गरेका छन्। उनले लेखेका छन्, “मेरो प्रतिष्ठा ध्वस्त भयो, मानहानि गरियो।”

थापाले पत्रिकाले आफ्नो चरित्रहत्या गरेको आरोप लगाउँदै सम्पादकलाई प्रहरी सोधपुछका लागि बोलाउने तयारी गरिरहेको छ।

थापाको सुमेरु बचत तथा ऋण सहकारीका पूर्व सचिव विनोद आचार्यसँगको अडियो बाहिरिएको थियो। पुस २८ गते उक्त सहकारीलाई मन्त्रालयले समस्याग्रस्त घोषणा गरेको थियो।

सुसाइड नोटमा उनले “गिरोहले मेरो स्वर बनाएर अफवाह फैलायो, मन्त्री मदुकुमार श्रेष्ठलाई समेत बदनाम गराउने प्रयास गरियो,” भनेर लेखेका छन्।

उनले आफू र मन्त्रीलाई फसाउने षड्यन्त्र गरिएको दाबी गर्दै “सत्य लुक्दैन,” भन्ने उल्लेख गरेका छन्।

थापाले परिवारका सदस्यहरूलाई मिलेर बस्न आग्रह गरेका छन्। सुसाइड नोटमा लेखिएको छ, “बुवाको ख्याल गर्नु, सबै मिलेर बस्नु।”

उनले आफूमाथि लगाइएको आरोप झूटो भएको दाबी गर्दै लेखेका छन्, “एक्कासि नभएको कुरा फैलाएर मलाई दोषी बनाइएको छ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै