2026-09-21 01:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कूलमानलाई शून्य नम्बरबारे मन्त्री खड्का : उहाँले टेर्दै टेर्नु भएन, चिन्दै चिन्नु भएन

काठमाडौँ | ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कूलमान घिसिङले कार्यसम्पादन मूल्याङ्कन फाराम नै नभरेका कारण शून्य अंक पाएको बताएका छन् । आज (बिहीबार) प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री खड्काले पुसमा एकैचोटी मेरो यति अंक आएको छ भनि कुलमानले मन्त्रालयमा नम्बर बुझाएको बताए ।

जाँचमा भाग नै नलिने विद्यार्थीले आफूले आफैंलाई नम्बर दिन मिल्छ कि मिल्दैन भनेर उनले प्रश्न गरे । ‘विद्यार्थी जाँचमा नै अनुपस्थित भएपछि कति नम्बर पाउँछ ? मलाई भनिदिनु पर्‍यो’, उनले भने । खड्काले कुलमानलाई ०७८ साउन २७ मा नियुक्ति गर्दा नै कार्यसम्पादनका आधारमा पुरस्कृत कि निष्काशन हुने भन्ने तोकिएको बताए । ‘नियुक्ति गर्दा नै हरेक वर्ष कार्यसम्पादन मूल्यांकन गर्ने, त्यसका आधारमा पुरष्कृत गर्ने कि निष्काशन गर्ने भन्ने उल्लेख भएको रहेछ’, उनले भने ।

कूलमानले उठ्न बाँकी बक्यौता महसुललाई समेत नेपाल विद्युत् प्राधिकरणको नाफा भनेर जोडेको उनले सुनाए । नेपाल विद्युत् प्राधिकरणले सञ्चालन गरेका आयोजनामा कति खर्च भयो भन्ने अभिलेख समेत प्राधिकरणसँग नरहेको उनले बताए । कूलमानले बोलेको भरमा विद्युत् प्राधिकरण नाफामा छ भनेर मानिदिन सकिने स्थिति नभएको उनले स्पष्ट पारे ।

कुलमानले सरकारका कुनै पनि अनुरोधलाई नटेरेका खड्काले बताए । कूलमानले प्राधिकरणको नाफा यकिन गर्न नै नदिएको उनको भनाइ छ । कूलमानले देशलाई लोडसेडिङमुक्त गरेको भन्नेलाई भारतबाट ४५० मेगावाट विद्युत् ल्याएर नेपाललाई लोडसेडिङ मुक्त गरिएको कुरा नबिर्सन आग्रह गरे । केपी प्रधानमन्त्री हुँदा भारतको बिजुली किन्ने कुराको निर्णय भएको उनले स्मरण गराए । कूलमानले कसैका कुरा पनि नसुन्ने र सरकार र मन्त्रालयलाई नटेरेका कारण प्रश्न सोधिएको उनले बताए । ‘केही पनि नमान्ने, कसैलाई सन्नै नपर्ने, यस्तो पनि हुन्छ र ?’, उनले भने ।

खड्काले कानुनको पालना नगरेकाले उनलाई शून्य दिइएको बताए । नभए सांसदहरूले ‘उहाँलाई कानुन लाग्दैन भनेर संविधानमा नै लेख्नू’ भनी कटाक्ष गरे। ‘कि मलाई भनिदिनु पर्‍यो माननीय ज्यूहरूले, कि उहाँ कानुनभन्दा माथि हुनुहुन्छ । उहाँलाई कानुन लाग्दैन। संविधानमा लेखिदिनु पर्‍यो’, उनले भने । अहिलेको व्यवस्थामा कानुनको पालना गर्ने सबैको दायित्व भएको उनको भनाइ छ । श्री ५ र श्री ३ को सरकार मात्रै कानुनभन्दा माथि रहेको उनले बताए । ‘उहाँ उपस्थित नै हुनु भएन, टेर्दै टेर्नु भएन। चिन्दै चिन्नु भएन’, मन्त्री खड्का भन्छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो