Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मेयर बालेन शाहलाई राजीनामा दिन आग्रह गर्दै दुर्गा प्रसाईले भने- बालेन भाइ, अब हाम्रो अभियानमा आउनुहोस्

२०८१, २३ फाल्गुन शुक्रबार १५:०९

काठमाडौँ | मेडिकल व्यवसायी एवम् राष्ट्र बचाउ महाभियाका संयोजक दुर्गा प्रसाईंले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई राजीनामा दिएर आफूहरुको अभियानमा सरिक हुन सुझाव दिएका छन् ।

उनले भने,‘बालेन भाइ, राजीनामा दिएर हाम्रा् अभियानमा आउन आग्रह गर्छु । स्वतस्फूर्त रुपमा दोकान बन्द गरेर राजाको स्वागतमा आउनको लागि म सबै नेपालीहरुलाई आग्रह गर्दछु ।’ आज आफ्नै निवासमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रसाईंले अब कांग्रेस र एमाले बिर्सिएर आफूहरुको अभियानमा आउन भने । उनले अहिलेको समय नै पूर्वराजा ज्ञानेन्द्र शाह र दुर्गा प्रसाईंको समय भएको पनि दाबी गरे । उने भने,‘यो समय राजा र दुर्गा प्रसाईंको हो ।’

उनले आफूले ८ महिना अघि नै अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्पले जितेपछि नेपालमा हिन्दूराष्ट्र फर्कने दाबी गरेकोले अहिले त्यो अवस्था आउन लागेको सुनाए । उनले राजा र हिन्दूराष्ट्रको लागि शक्ति प्रदर्शन गर्न भनेका छन् । उनले ज्ञानेन्द्र शाहले रक्तपातविहीन दरबार छोडेको दिनको सम्झना गराउँदै अहिले नेताहरुले पनि रक्तपातविहीन सिंहदरबार र बालुवाटार छोड्नुपर्ने सुझाव द्यिए ।

उनले भने,‘तिमीहरु नेतालाई यो मेरो चूनौति हो । हिजो राजाले रक्तपातविहीन राजदरबार छोडेका थिए । आज तिमीहरु नेताहरु असफल भयौं । सर्लक्क बालुवाटार र सिंहदरबार छोड । फागुत २५ गते त कास्टिङ हो । अब म र राजा मिलेर एकचोटी आह्वान गर्नेबितिक्कै नेपालमा सर्लक्क राजा आउँछन् ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै