Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आफूले सम्बोधन गर्दा प्रधानमन्त्री सदनमा अनुपस्थित रहेकोप्रति प्रचण्डको असन्तुष्टि

२०८१, २७ फाल्गुन मंगलवार १४:१८

काठमाडौँ | माओवादी अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले आफूले सदनमा सम्बोधन गर्दा प्रधानमन्त्री केपी शर्मा ओली लगातार अनुपस्थित बनेको भन्दै असन्तुष्टि पोखेका छन् । रास्वपा सभापति रवि लामिछानेलाई संसदमा उपस्थित हुन नदिइएकोमा पनि उनले आक्रोश व्यक्त गरे ।

संसद बैठकमा आज विशेष समय लिएर बोल्दै प्रचण्डले भने, ‘प्रमुख प्रतिपक्ष दलका नेताले सदनमा बोल्दा प्रधानमन्त्रीको निरन्तर अनुपस्थिति घमण्ड हो कि, संस्कारहीनता हो कि कुण्ठा ? त्यसको जवाफ आफैं खोज्नुहोला ।’

प्रधानमन्त्री केपी शर्मा ओली भने अहिले काठमाडौंमा छैनन् । उनी कोशी प्रदेशसभालाई सम्बोधन गर्ने क्रममा त्यता पुगेकाले संसदमा अनुपस्थित भएका हुन् । अघिल्लोपटक प्रचण्डले सम्बोधन गर्दा प्रधानमन्त्री अस्वस्थ रहेको बताइएको थियो ।

प्रचण्डले आफ्नो सम्बोधनमा फेरि एक पटक रवि लामिछानेको उनले खुलेर बचाउ गरे । संसदमा उनलाई प्रवेश दिनुपर्ने पैरवीसमेत गरे ।

प्रचण्डले भने, ‘अर्को प्रतिपक्षी दलको नेतालाई निलम्बन गरिएको छ । हिरासतमा नरहेको नेतालाई सदनमा आउन दिने प्रचलन हामीले पहिले स्थापित गरिसकेका छौं । सदनभित्रै बहस गराउँदा मात्रै लोकतन्त्र बलियो हुने हो । ठाउँ-ठाउँ घुमाएर हुर्मत लिँदा लोकतन्त्रलाई मद्दत गर्दैन ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै