२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

आजदेखि बैंकमा नयाँ ब्याजदर लागु, कुन बैंकको कति ?

२०८१, १ चैत्र शुक्रबार १५:०५

काठमाडौँ | वाणिज्य बैंकहरुको आजदेखि नयाँ ब्याजदर लागू भएको छ । आज अर्थात् चैत १ गतेदेखि लागू हुने गरि बैंकहरुले नयाँ ब्याजदर कायम गरेका छन् ।

चैतका लागि अधिकांश बैंकहरुले फागुन महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । झन्डै एक दर्जन बैंकहरुले फागुनकै ब्याजदरलाई निरन्तरता दिएका हुन् ।

चैतमा कुमारी बैंकले मात्रै ब्याजदर बढाएको छ । बैंकले फागुनमा व्यक्तिगत तर्फ ५.९१ प्रतिशत र संस्थागत तर्फ ४.९१ प्रतिशत ब्याजदर तोकेको थियो । तर, चैतमा भने क्रमशः ६.०१ प्रतिशत र ५.०१ प्रतिशत ब्याज दिने भएको छ ।

यता, हिमालयन र सिटिजन्स बैंकले भने ब्याजदर घटाएका छन् । चैतमा हिमालयनले व्यक्तिगत मुद्दति निक्षेप तर्फ ५.५ प्रतिशत र संस्थागत तर्फ ४ प्रतिशत ब्याजदर तोकेको छ । सिटिजन्स बैंकले पनि व्यक्तिगत तर्फ ५.६५ प्रतिशत र संस्थागत ४ प्रतिशत तोकेको छ ।

यस्तै, एनएमबि र एनआइसी एशिया बैंकले पनि चैतमा व्यक्तिगत तर्फ ६.६ प्रतिशत र संस्थागत तर्फ ५.६ प्रतिशत ब्याज दिने भएका छन् ।

चैतका लागि प्राइम कमर्सियल बैंकले पनि व्यक्तिगत तर्फ ६.२५ प्रतिशत र संस्थागत तर्फ ४ प्रतिशत, प्रभूले व्यक्तिगत तर्फ ६.१ प्रतिशत र संस्थागत तर्फ ५.१ प्रतिशत, सानिमाले व्यक्तिगततर्फ ६.०५ प्रतिशत र संस्थागत तर्फ ४.३ प्रतिशत ब्याजदर तोकेका छन् ।

ग्लोलब आइएमइ, माछापुच्छ्रे, सिद्धार्थ, एभरेष्ट र राष्ट्रिय वाणिज्य बैंकले चैत महिनामा व्यक्तिगत मुद्दति तर्फ भने ६–६ प्रतिशत ब्याजदर तोकेका छन् । तर, संस्थागत मुद्दति तर्फ भने क्रमशः ४.५ प्रतिशत, ४ प्रतिशत, ५ प्रतिशत, ५ प्रतिशत र ३.५ प्रतिशत निर्धारण गरेका छन् ।

त्यसैगरि कृषि विकास बैंकले व्यक्तिगत तर्फ ५.५१ प्रतिशत र संस्थागत तर्फ ३.२५ प्रतिशत ब्याजदर तोकेको छ । यता, नेपाल एसबिआई र नेपाल बैंकले व्यक्तिगत मुद्दतिमा ५.५ प्रतिशत दिने भएका छन् । तर, संस्थागत तर्फ भने क्रमशः ४.५ प्रतिशत र ४.१५ प्रतिशत ब्याज दिने भएका छन् । यी बैंकहरुले फागुन महिनामा पनि सोही ब्याजदर कायम गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति