२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

आजदेखि बैंकमा नयाँ ब्याजदर लागु, कुन बैंकको कति ?

१ चैत्र २०८१, शुक्रबार १५:०५

काठमाडौँ | वाणिज्य बैंकहरुको आजदेखि नयाँ ब्याजदर लागू भएको छ । आज अर्थात् चैत १ गतेदेखि लागू हुने गरि बैंकहरुले नयाँ ब्याजदर कायम गरेका छन् ।

चैतका लागि अधिकांश बैंकहरुले फागुन महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । झन्डै एक दर्जन बैंकहरुले फागुनकै ब्याजदरलाई निरन्तरता दिएका हुन् ।

चैतमा कुमारी बैंकले मात्रै ब्याजदर बढाएको छ । बैंकले फागुनमा व्यक्तिगत तर्फ ५.९१ प्रतिशत र संस्थागत तर्फ ४.९१ प्रतिशत ब्याजदर तोकेको थियो । तर, चैतमा भने क्रमशः ६.०१ प्रतिशत र ५.०१ प्रतिशत ब्याज दिने भएको छ ।

यता, हिमालयन र सिटिजन्स बैंकले भने ब्याजदर घटाएका छन् । चैतमा हिमालयनले व्यक्तिगत मुद्दति निक्षेप तर्फ ५.५ प्रतिशत र संस्थागत तर्फ ४ प्रतिशत ब्याजदर तोकेको छ । सिटिजन्स बैंकले पनि व्यक्तिगत तर्फ ५.६५ प्रतिशत र संस्थागत ४ प्रतिशत तोकेको छ ।

यस्तै, एनएमबि र एनआइसी एशिया बैंकले पनि चैतमा व्यक्तिगत तर्फ ६.६ प्रतिशत र संस्थागत तर्फ ५.६ प्रतिशत ब्याज दिने भएका छन् ।

चैतका लागि प्राइम कमर्सियल बैंकले पनि व्यक्तिगत तर्फ ६.२५ प्रतिशत र संस्थागत तर्फ ४ प्रतिशत, प्रभूले व्यक्तिगत तर्फ ६.१ प्रतिशत र संस्थागत तर्फ ५.१ प्रतिशत, सानिमाले व्यक्तिगततर्फ ६.०५ प्रतिशत र संस्थागत तर्फ ४.३ प्रतिशत ब्याजदर तोकेका छन् ।

ग्लोलब आइएमइ, माछापुच्छ्रे, सिद्धार्थ, एभरेष्ट र राष्ट्रिय वाणिज्य बैंकले चैत महिनामा व्यक्तिगत मुद्दति तर्फ भने ६–६ प्रतिशत ब्याजदर तोकेका छन् । तर, संस्थागत मुद्दति तर्फ भने क्रमशः ४.५ प्रतिशत, ४ प्रतिशत, ५ प्रतिशत, ५ प्रतिशत र ३.५ प्रतिशत निर्धारण गरेका छन् ।

त्यसैगरि कृषि विकास बैंकले व्यक्तिगत तर्फ ५.५१ प्रतिशत र संस्थागत तर्फ ३.२५ प्रतिशत ब्याजदर तोकेको छ । यता, नेपाल एसबिआई र नेपाल बैंकले व्यक्तिगत मुद्दतिमा ५.५ प्रतिशत दिने भएका छन् । तर, संस्थागत तर्फ भने क्रमशः ४.५ प्रतिशत र ४.१५ प्रतिशत ब्याज दिने भएका छन् । यी बैंकहरुले फागुन महिनामा पनि सोही ब्याजदर कायम गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…