१४ बैशाख २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सामाजिक सञ्जालमा प्रचण्डको चरित्रहत्या गर्नेहरूविरुद्ध साइबर ब्युरोमा जाहेरी

३ चैत्र २०८१, आईतवार १५:५४

काठमाडौँ | पछिल्लो समय राजसंस्था पुन:स्थापना पक्षधरको निशानामा परेका नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि सामाजिक सञ्जालबाट आपत्तिजनक प्रकारका टिप्पणी बढेपछि साइबर ब्युरोमा उजुरी परेको छ ।

प्रचण्डले राजसंस्थाविरुद्ध आक्रामक अभिव्यक्ति दिएपछि पछिल्ला तीन दिनयता प्रधानमन्त्री केपी शर्मा ओलीलाई छाडेर राजावादीहरूले सामाजिक सञ्जालमा प्रचण्डको तीव्र विरोध गरिरहेका छन् ।

विभिन्न फेसबुकलगायत सामाजिक सञ्जालका प्लेटफर्ममा फेक आईडीसमेत बनाएर प्रचण्ड परिवारको चरित्रहत्या गर्ने खालका सामग्री राख्नेदेखि अत्यन्त आपत्तिजनक कुराहरू समेत पोष्ट गरिएपछि माओवादी कार्यकर्ताले साइबर ब्युरो गुहारेका हुन् ।

वाईसीएल नेपालका केन्द्रीय सचिव हरि ढकालले आपत्तिजनक र घृणित सामग्रीहरु पोष्ट गर्ने आईडीको पहिचान गरी त्यस्ता व्यक्तिमाथि कानूनबमोजिम कारवाही गर्न प्रमाणसहित केही साथीले साइबर ब्युरोमा जाहेरी दिएको बताए ।

साइबर ब्युरोले केही आईडी पहिचान भएको र कानूनबमोजिम अनुसन्धान भइरहेको जनाएको छ । साइबर व्युरोको प्रवक्ता एसपी दिपकराज अवस्थीले जाहेरी प्राप्त भएको र त्यस्ता आइडीको पहिचान गरी कानूनको दायरामा ल्याइने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा सामान्य सुधार ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मूलमर्मबमोजिम आगामी बजेट आउनुपर्छ’ माओवादी केन्द्रले शिक्षकहरूको आन्दोलनमा प्रहरी दमन भएको भन्दै भर्त्सना गरे मह जोडीले पार गरे सहकार्यको ४५ वर्ष नेपाली कांग्रेसकी समानुपातिक सांसद माया राई तीन दिनसम्म थुनामा रहने सबै आमाप्रति समर्पण र कृतज्ञताको भावना प्रगाढ बनोस्ः प्रधानमन्त्री भेरी अस्पतालमा भएको आगलागीबाट चार करोडको क्षति आफ्नो ‘बेडरुम’सम्म विचौलियाको पहुँच छ भन्नेहरूलाई आरोप प्रमाणित गर्न प्रधानमन्त्रीको चुनौती बाढीसम्बन्धी पूर्वसूचना दिन तालगाउँमा साइरन जडान राप्रपा अध्यक्ष लिङ्देनको भनाइ ‘रेकर्ड’बाट हटाउन माग अहिले मुलुकमा भ्रष्टाचार चरमचुलीमा पुगेको : चित्रबहादुर केसी प्रतिनिधिसभाः ‘बजेट परम्परागत र वितरणमुखी हुनुहुँदैन’ नीति तथा कार्यक्रममा समावेश गर्नुपर्ने विषयमा संसदीय समितिको सुझाव प्रहरीसँग झडप भएपछि नेपाल शिक्षक महासंघले आकस्मिक बैठक बोलाए आन्दोलनरत शिक्षक र प्रहरीबीच झडप राप्रपा वरिष्ठ उपाध्यक्ष मिश्रलाइ आज पनि काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइदै कास्की र लमजुङका पर्यटकीयस्थलको प्रवर्द्धन गरिँदै पाँच अर्बभन्दा बढी बजेट फिर्ता, ऊर्जा मन्त्रालय र एमसिए नेपालको सबैभन्दा बढी सांसद लिङ्देनले सदनमा माफी माग्नुपर्ने प्रतिनिधिसभाः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण