२०८२, ३ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पाटन अस्पतालको शौचालयबाट भागेका थुनुवा कञ्चनपुरमा फेला

२०८१, ८ चैत्र शुक्रबार १२:०२

काठमाडौँ | ललितपुरको पाटन अस्पतालबाट भागेका थुनुवा कञ्चनपुरमा फेला परेका छन्।

प्रहरीले गए राति कञ्चनपुरस्थित गड्डाचौकी नाका नजिकैबाट उनलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए।

प्रहरी वृत्त सातदोबाटोको हिरासतमा रहेका अछामका १९ वर्षीय दीपक साउद बुधबार दिउँसो साढे १२ बजेतिर पाटन अस्पतालबाट भागेका थिए। बलात्कारका आरोपित उनी हिरासतमा रहँदा बिरामी भएकोले उपचारका लागि पाटन अस्पताल लगिएको थियो।

अस्पतालको शौचालय छिरेका साउद झ्यालबाट भागेका थिए। उनलाई बिहीबार राति प्रहरीले फेला पारी काठमाडौं ल्याउँदै गरेको एसएसपी अधिकारीले जानकारी दिए।

‘नाकानजिकै एक जना आफन्त रहेछन्। त्यहाँबाट फेला परेका हुन्। उनलाई ललितपुर ल्याउने काम भइरहेको छ,’ उनले भने, ‘धनगढीबाट जहाजमा ल्याउँदैछ।’

साउदमाथि १७ वर्षीया नाबालिकामाथि बलात्कार गरेको आरोप छ। सो आरोपमा उनी १८ दिन हिरासतमा बसेका थिए।

कसरी पुगे कञ्चनपुर?

बुधबार मध्याह्नतिर साउदलाई अस्पताल पुर्‍याइएको थियो।

उपचारका लागि भनेर लगिएका साउदले शौचालय जानुपर्‍यो भनेर प्रहरीलाई भनेका थिए। त्यसपछि प्रहरीले उनको हतकडी खोलिदिए। तर प्रहरीले शौचालयभित्र रहेको झ्याल र अन्य अवस्थाबारे नहेरेको एसएसपी अधिकारीले बताए। ती प्रहरीको कमजोरीबारे छानबिन भइरहेको उनले बताए।

लामो समयसम्म पनि उनी शौचालयबाट बाहिर नआएपछि प्रहरीले शौचालय हेर्दा उनी त्यहाँ थिएनन्। शौचालयबाट थुनुवा भागेपछि प्रहरी वृत्त सातदोबाटो हुँदै जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी अधिकारीसम्म रिपोर्टिङ भयो।

प्रहरीले सिसिटिभी फुटेजबाट अनुसन्धान थाल्यो। सुरूमै उनले राइड सेयरिङ एपको प्रयोग गरेको एसएसपी अधिकारीले बताए।

‘उनीसँग १०००/१२०० जति पैसा गोजीमा रहेछ। त्यहाँबाट भाग्ने बित्तिकै एउटा स्कुटरमा चढेको देखिन्छ,’ उनले भने, ‘पठाओ गरेर उनी कलंकी गएका थिए। त्यो स्कुटरलाई हामीले त्यही दिन समाएर सोधपुछ पनि गर्‍यौं।’

कलंकीमा साथीको होटलमा समेत छिरेको प्रहरीको अनुसन्धानमा देखिएको छ। साथीसँग दुई हजार रुपैयाँ मागेर उनी हिँडेका थिए। कलंकीबाटै साउदले अर्को पठाओ गरेर नागढुंगा पुगेका थिए।

प्रहरीले पनि उनी पश्चिमतिर जानसक्ने अनुमान गरी खोजी गरिरहेको थियो। पश्चिम जाने गाडीहरूमा पनि जाँच गर्ने काम गरिरह्यो। तर उनी फेला परिरहेका थिएनन्।

‘गाडीमा जाँच गर्छ भनेर पठाओमै उनी नागढुंगासम्म पुगेको देखियो। नागढुंगाबाट पश्चिम जाने गाडीहरूमा खोज्दै थियौं। तर उनले पूर्वतिर जाने गाडी चढे,’ उनले भने। प्रहरीले भने पूर्व जाने गाडीमा जाँच नै गरेको थिएन। नागढुंगाबाट पूर्व जाने गाडी चढेर उनी गैंडाकोट पुगे। त्यहाँबाट उनले कञ्चनपुरको गाडी चढेर गएका थिए।

साउद भागेपछि प्रहरीले सम्भावित व्यक्तिहरूलाई फोन गर्न सक्ने अनुमान पनि गरेको थियो। त्यसअनुसार प्राविधिक रूपमा पनि विश्लेषण तथा अनुसन्धान गरिरहेको एसएसपी अधिकारीले बताए। बिहीबार दिउँसो १ बजेतिर उनी कञ्चनपुर पुगे। त्यहाँबाट उनले रिक्सा चढेर आफन्तको घर गएका थिए।

‘रिक्सामा चढेर उनी आफन्तको घरमा पुगे। त्यसअघि उनले एक जनालाई फोन गरेका छन्,’ एसएसपी अधिकारीले भने, ‘उनले फोन गरेको थाहा पाएपछि हामीले त्यो रिक्सावालालाई फेला पार्‍यौं।’

प्रहरीले रिक्सा चालकलाई पनि सोधपुछ गरेको थियो। सोही चालकसँगै साउदलाई पुर्‍याएको घरमा प्रहरी पुग्यो। आफन्तको घरमा बसिरहेको अवस्थामा प्रहरीले उनलाई बिहीबार राति पक्राउ गरेको हो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ