२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नाउपाको बैठकमा सीके राउतको सम्बोधन, रेशम र रञ्जिताबारे के भने ?

२०८१, १० चैत्र आईतवार १२:४६

काठमाडौँ | जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय समितिको बैठकमा विशेष सम्बोधन गरेका छन्। दुई पार्टीबीच पार्टी एकताको अन्तिम तयारी चलिरहेको बेलामा रेशम चौधरी संरक्षक रहेको नाउपाको बैठकमा शनिवार पुगेर सम्बोधन गरेका हुन्।

नाउपाको अध्यक्षमा रञ्जिता श्रेष्ठ रहेकी छन्। दुवै पक्षबीच पार्टी एकता गर्ने सहमति गरेपछि जनमतका अध्यक्ष राउतले नाउपाको बैठकमा पुगेर सम्बोधन गरे।

उनको भनाइ जस्ताको त्यस्तै,
हामी निर्वाचित भएर आएपछि रेशमजी त्यतिबेला जेलमा हुनुहुन्थ्यो। हामी पटक पटक भेट्न पनि गयौँ, बाहिर निकाल्न कसरी सकिन्छ भनेर हामीले कुराकानी गर्‍यौँ। हामी निर्वाचित भएपछि आएपछि माननीय रञ्जिताजी यही हुनुहुन्छ। गठबन्धनको बैठकमा उहाँहरूले चार सीट छ भन्न हामी हाम्रो १० सीट छ भन्थ्यौँ। उहाँलाई छुटाउनको लागि जहिल्यै पनि आवाज उठाउँथ्यौँ।

तपाईँहरूले टीआरसी विधेयक ल्याउन हुने उहाँलाई किन छुटाउन नहुने भन्दै हामी झगडा गर्थ्यौँ। पछि उहाँ निस्किनुभयो। उहाँ जेलमा हुँदा पनि हामीबीच संवाद हुन्थ्यो। म खुलेर भन्छु, त्यतिबेला पनि हामी मिलेर जाऔँ भन्ने कुरा गर्थ्यौँ। हामीलाई थाहा छ हामी एक्लै हिँड्न गर्न सक्दैनौँ। हामी मिलेर गयौँ भने मात्रै हामीले हाम्रो माग पूरा गराउन सक्छौं। त्यसबेला म कहिलेकाहीँ मात्रै काठमाडौं आउने गर्थे। त्यतिबेला नै एक हुने प्रयास सफल भएन।

हामीले त मिलेर जाऔँ भनेर प्रस्ताव गरेका हौँ। हामीले त्यसबेला त्रृटि गर्‍यौँ। हामी त्यतिबेलै मिलेर गएको भए हाम्रो प्रत्यक्षमा १५ समानुपातिकमा १५ गरी ३० सीट त्यसैपनि हुन्थ्यो। त्यसो गर्न सकेको भए अझै जनलहर पैदा हुन सक्थ्यो। त्यसबेला त जनताले कस्तो हुन्छ ? यो राष्ट्रिय पार्टी बन्छ कि बन्दैन केही थाहा नहुँदा पनि भोट दिएको हो नि। यहाँ ३२ सीटले देश चलाइरहेको बेलामा एउटा थारु, मधेसी, दलितको छोराले एउटा इतिहास लेख्नसक्ने अवसर आउनसक्थ्यो।

हामीबाट त्यतिबेला त्यो भूल भयो त्यो स्विकार्छौँ। त्यही गल्तीलाई सच्याउनको लागि हामी अहिले यहाँ उपस्थित भएका छौँ। हामीले व्यक्तिगत आकांक्षा राखेर भएन नि। हामीले जनताको अधिकारलाई प्राथमिकतामा राख्नुपर्‍यो। त्यसैले अब मिलौँ भनेर हामी यहाँ आएका छौँ। त्यसका लागि रेशमजी, रञ्जिताजी पनि खटिनुभएको छ।

हामी एकदमै सकारात्मक छौँ। यो सबैको सहयोग र सहमतिले नै हुन्छ यो। कसैले कसैको दबाबमा हुँदैन। सबैको सहमतिमा सबैलाई सम्मान गरेरै हुन्छ। हामी त्यो वातावरण बनाउँछौँ। हामी मिल्नलाग्दा देश नै हल्लिएको छ। हामीलाई मिल्न नदिनको लागि अनेक षड्यन्त्र हुनसक्छ। भइराखेका छन् पर्दापछाडि। हामी सचेत भएर अघि बढ्नुपर्छ। हामी राष्ट्रिय शक्तिको रूपमा सम्पूर्ण दलित, उत्पीडित, थारु, मधेसी सबै वर्गको हक अधिकारको लागि सबैजना लागौँ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश