2026-09-20 08:06 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तानाशाही व्यवस्था आएर राम्रो हुन्छ भन्ने भ्रममा नपरौँ : गृहमन्त्री

काठमाडौँ | गृहमन्त्री रमेश लेखकले लोकतन्त्र र गणतन्त्रको राजमार्गमा हिँडिसकेको नेपाली समाजपछि फर्कन नसक्ने बताएका छन् । बुधबार भक्तपुरमा जुद्ध वारुण यन्त्र कार्यालय भक्तपुरको नवनिर्मित भवन उद्घाटन गर्दे गृहमन्त्री लेखकले लोकतन्त्रको कुनै विकल्प नरहेको बताएका हुन् ।

उनले लोकतन्त्र र गणतन्त्रका विषयमा नकारात्मक भाष्य निर्माण गर्ने कोसिस भइरहेको धारणा राखे । उनले लोकतन्त्र र गणतन्त्रमा सरकारले जनताको कुरा सुन्ने र बुझ्ने बताए ।

मन्त्री लेखकले आफ्ना कमीकमजोरी सुधारेर जाने क्षमता लोकतन्त्रमा हुने उल्लेख गरे । उनले कुनै तानाशाही व्यवस्था आएर राम्रो हुन्छ भन्ने भ्रममा नपर्न आग्रह समेत गरे । गृहमन्त्री लेखकले जुनसुकै बेला जस्तोसुकै विपत् आउन सक्ने भएकाले विपद्का लागि प्रतिकार्य गर्न तयार भएर बस्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा सांसद दुर्लभ थापाले प्राकृतिक विपत्को चुनौतीलाई सामना गर्न तयार भएर बस्नुपर्ने बताए । कार्यक्रममा विभिन्न सञ्चारमाध्यमका पत्रकारका साथै भवन निर्माणमा सहयोग पुर्‍याउने व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो