2026-09-20 05:12 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निलम्बन फुकुवाको मागसहित दोस्रो पटक सभामुखकहाँ पुगेका रविलाई सभामुखले के भने?

काठमाडौँ | सभामुख देवराज घिमिरे सम्पत्ति शुद्धीकरणको मुद्दा राजनीतिक हतियार बन्नसक्नेप्रति चिन्तित देखिएको रास्वपा सभापति रवि लामिछानेले बताएका छन् ।

उनी आफ्नो सांसद पदको निलम्बन फुकुवाको मागसहित दोस्रो पटक सभामुखकहाँ पुगेका थिए ।

सभामुखसँग भेटेपछि लामिछानेले भने, ‘उहाँले भोलि यो हतियार प्रयोग गरेर सरकारको संख्या नै तलमाथि हुनसक्ने सम्भावना हुन्छ भन्ने कुरा राख्नुभयो । यसप्रति उहाँ सचेत र चिन्तित पनि हुनुहुन्छ ।’

उनले आफूमाथि लगाएकोजस्तो मुद्दा सरकारले हुनेले विपक्षी पार्टीका नेतालाई मात्रै नभई पार्टीभित्रै पनि प्रतिस्पर्धीलाई लाग्नसक्ने सभामुखलाई सुनाएको बताए ।

उनले भने, ‘मैले त्यसो भए आज सदनमा छलफल गरौं न, एक पटकमा कतिजनासम्मलाई निलम्बन गर्न पाउने हो किनभने मुद्दा टेकाइदिए त पुग्यो, मुद्दा किनारा लाग्न कति वर्षौं लाग्छ सबैलाई थाहा छ । यो सरकारले विपक्षी पार्टीको मात्रै होइन, आफ्नै पार्टीभित्र पनि प्रतिस्पर्धी छ भने त्यसलाई पनि यो हतियार प्रयोग गर्नसक्ने भयो। त्यसैले मैले यहीबाट समाधान गर्नुपर्छ, राजनीतिक दलहरुसँग कुरा गरियोस् भनेको छु ।’

उनले सभामुखबाटै सांसद पद फुकुवा गर्ने विश्वास भएकाले अहिले अदालत नगएको बताए । यद्यपि, सभामुखले तत्काल लामिछानेको सांसद पद फुकुवा गर्न नसक्ने जवाफ दिएका छन् ।

सभामुखले रविलाई भने, ‘तपाईँसहितको संसद भएको भए राम्रो हुन्थ्यो । तर, मैले नियमावली हेरेर कानूनअनुसार गरेको हुँ । कानूनभन्दा माथि कोही छैन ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो