१२ बैशाख २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रहरी चौकी र वडा कार्यालयको जग्गा भूमाफियाका नाममा

१९ चैत्र २०८१, मंगलवार १७:१४

काठमाडौँ। झापा- शिवसताक्षी नगरपालिका-१० को कार्यालयलगायत सार्वजनिक प्रयोजनमा रहेको जग्गा भूमाफियाले हात पारेपछि स्थानीय जनप्रतिनिधि र राजनीतिक दल सरकारी जग्गाको संरक्षणमा जुटेका छन्।

विगत पाँच दशकदेखि कनकाई सिँचाइ आयोजनाको भोगाधिकार रहेको ११ बिगाहा सात कट्ठा जग्गामध्ये कित्ता नं १८२ को चार बिगाहा जग्गामा वडा नं १० को कार्यालय भवन, प्रहरी चौकी, कभर्ड हल र फुटबल मैदान रहेको छ।

वडाध्यक्ष हर्क सिगुका अनुसार विसं २०४६ जेठ २९ गते भूपाल किरातीको नेतृत्वमा गठित सुकुम्बासी समस्या समाधान आयोगबाट दमक वडा नं ५ का केशरबहादुर खड्काले मिलेमतो गरेर उक्त चार बिगाहा जग्गा आफ्नो नाममा दर्ता गराएका थिए। सरकारी स्वामित्वको उक्त जग्गामा खड्काले कहिल्यै भोगचलन गरेको छैन।

खड्काले सो जग्गा विसं २०४७ असोज १ गते लोकमाया खतिवडा, वेदकुमारी बस्नेत र नइद्रप्रसाद भण्डारीलाई बिक्री गरेको जनाइएको छ। तीनैजना व्यक्ति हालसम्म जग्गाको भोगचलन गर्न नआएको वडाध्यक्ष सिगुले बताए। नगरपालिकाले सो जग्गाको बिक्री रोक्का गरेको छ।

‘सरकारी स्वामित्वको जग्गा झुक्याएर हत्याएका भूमाफिया अहिले आएर जग्गा फुकुवा गरिदिनु पर्यो भन्दै मालपोत कार्यालयमा पुगेको थाहा भयो’, वडाध्यक्ष सिगु भन्छन्, ‘तर, हामी जनप्रतिनिधि र राजनीतिक दल यो जग्गा भूमाफियाको चङ्गुलमा पर्न दिँदैनौँ।’

पूर्वनगरप्रमुख चन्द्रकुमार शर्माले २०४६ सालको तरल राजनीतिक परिस्थितिमा कर्मचारीसँग मिलेर भूमाफियाले जग्गाको धनीपुर्जा निकालेको बताए। उनले उक्त जग्गा सरकारी स्वामित्वमा फर्काउन आफ्नो नेतृत्वकालमा पहल गरिएको बताए।

नेपाली कांग्रेसका महाधिवेशन प्रधिनिधि पर्शुराम ढुंगानाले सरकारी जग्गा भूमाफियाबाट फर्काउन स्थानीय सबै राजनीतिक दल एकमत रहेको बताए। प्रदेश सरकार र संघीय सरकारलाई पनि यस विषयमा ध्यानाकर्षण गराउनुपर्ने उनको भनाइ छ।

जग्गा फुकुवा गर्न लोकमाया खतिवडा, वेदकुमारी बस्नेत र नइद्रप्रसाद भण्डारीका तर्फबाट केही बिचौलिया सक्रिय रहेको वडा सदस्य दीपक पोखरेलको भनाइ छ। उनले भने, ‘जसले जग्गाको स्वामित्व दाबी गरिरहनुभएको छ, उहाँहरु यो नगरको बासिन्दा होइनन्, उहाँहरुलाई जग्गाको साँध सिमाना पनि थाहा छैन, भोगाधिकार पनि उहाँहरुको छैन, केही बिचौलिया जग्गा फुकुवा गरेर कमाउने दाउमा लागिरहेका छन्।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कमजोर अर्थतन्त्र सुधार्ने गरी बजेट आओस्ः राप्रपा अध्यक्ष लिङ्देन ‘शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ’ मुख्यमन्त्री सिंह र एसडिसीका डेपुटी चिफ अफ मिसन मेयरबीच भेट ‘बजेट अधिवेशन नागरिकको विकास आकाङ्क्षा पूरा गर्दै निराशा चिर्नेगरी केन्द्रित हुनुपर्छ’ सुशासन, विकास र राष्ट्रियहितमा राष्ट्रिय एकता जरुरी : प्रधानमन्त्री सरकार परिवर्तन कसैले चलाएको हल्ला मात्र हो : परराष्ट्रमन्त्री डा राणा ‘विधि निर्माणको प्रक्रियामा ढिलाइले समस्याको चाङ बढ्दै गएको छ’ रघुजी पन्तले आन्दोलनरत शिक्षकहरूलाई वार्तामा बोलाए शिक्षकहरुको आन्दोलन आज २४ औैं दिन पनि जारी भूकम्पको विपत्तिबाट उठ्न जनताले देखाएको साहस अद्वितीय छ : अध्यक्ष दाहाल वर्तमान सरकारले देश र जनताको हित हुने काम गरेको छ : महासचिव पोखरेल लोसपा र जनमतद्वारा आतङ्कवादी आक्रमणको भत्सर्ना शुक्लागण्डकीमा फोहोर व्यवस्थापन गर्न त्रिपक्षीय सम्झौता केन्यामा महिलामाथि बढ्दो हिंसा : न्याय प्रणालीमाथि प्रश्न उठ्दै काश्मीर आक्रमणपछि भारत र पाकिस्तानलाई ‘अधिकतम संयम’ अपनाउन आग्रह प्रतिनिधिसभा बैठक सुरुः वैकल्पिक विकास वित्त परिचालन विधेयक पेस हुँदै भुजी र दरमखोला पुल निर्माणमा लापरबाही ‘दर्शकको गोपनीयताप्रति सजग हुनुपर्छ’ लुम्बिनीमा एक महिनामा ४०२ दुर्घटना, ३६ जनाको मृत्यु धनगढी–खुटिया सडकखण्डमा दुई वटा पक्की पुल निर्माण गरिँदै