८ बैशाख २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तीनकुने घटनाबारे गृहमन्त्रीले जवाफ दिनुपर्ने सांसदहरूको माग

२० चैत्र २०८१, बुधबार १२:४७

काठमाडौँ | संसद्‌को राज्य व्यवस्था तथा सुशासन समितिमा सांसदहरूले तीनकुने घटनाबारे गृहमन्त्रीले जवाफ दिनुपर्ने माग राखेका छन् । बुधबार समितिको बैठकमा सांसदहरूले तीनकुने घटनाबारे सरकारको तर्फबाट जवाफ आउनुपर्ने बताएका हुन् ।

बैठकमा नेपाली कांग्रेसका सांसद हृदयराम थानीले प्रधानमन्त्री विदेश भ्रमणमा रहेकाले गृहमन्त्रीले जवाफ दिनुपर्ने माग राखे । “चैत १५ गतेकाे घटनाक्रममा गृहमन्त्री बाेलाऔँ । प्रधानमन्त्रीजी नै बाेलाउनुपर्ने हाे, उहाँ उता जानुभएकाे छ । गृहमन्त्रीजीलाई साेध्ने व्यवस्था मिलाऊँ,” उनले भने ।

कांग्रेस सांसद सरिता प्रसाईंले पनि तीनकुने घटनाबारे गृहमन्त्रीलाई बोलाउनुपर्ने माग राखिन् । “गृहमन्त्रीले संसद्‌मा जवाफ दिने कुरा थियाे । हिजाे सांसद दीपक बाेहाेराका कारण हुन सकेन । राज्य व्यवस्थामा बाेलाएर आज सरकारकाे धारणा लिनुपर्ने थियाे,” उनले भनिन् ।

कांग्रेस महामन्त्रीसमेत रहेका सांसद विश्वप्रकाश शर्माले पनि तीनकुने घटनाबारे राज्यको बुझाइ सार्वजनिक गर्नुपर्ने धारणा राखे । “राज्य व्यवस्था समितिकाे पहिलाे ऐजेन्डा नै १५ गतेकाे घटना थियाे । गृहमन्त्रीले जवाफ दिन अनुकूल मिलेन । राज्यकाे बुझाइ के हाे भएकाे के हाे बुझाउनुपर्ने हाे । चार हजार भिड राेक्ने क्षमता पनि नभएकाे राज्यकाे ?,” उनले प्रश्न गरे ।

नेकपा (एमाले)का सांसद राजेन्द्र कुमार राईले पनि गृहमन्त्रीले जवाफ दिनुपर्ने बताए ।

चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादीको प्रदर्शनले उग्ररूप लिएपछि दुई जनाको ज्यान गएको थियो । प्रदर्शनका क्रममा आगजनी तथा तोडफोडसमेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चीनको स्मार्ट ब्याट्री विकासः अब विद्युतीय गाडी बढी दिगो र भरपर्दो हुने पहिलो १०० दिनमा ट्रम्प : युक्रेनलाई एक्ल्याउने र रुसलाई प्रोत्साहित गर्ने पत्रकारिता ऐनाजस्तै सत्यतथ्य देखाउने माध्यम हो: पूर्वराष्ट्रपति डा यादव शिक्षकहरूले आन्दोलन चर्काउँदै लगेपछि शिक्षामन्त्री भट्टराईले राजीनामा दिइन् सप्तकोसी नदीमा नुहाउने क्रममा डुबेर दुईजना बेपत्ता नेवाः राष्ट्रिय मुक्ति मोर्चाको अध्यक्षमा स्थापित कालीकोटमा ट्र्याक्टर दुर्घटना : चालकसहित चार जनाको मृत्यु उद्योगमा कोभिडको असर कायमै मादी नदी लिफ्ट खानेपानी योजना अधुरै गण्डकी प्रदेश : दुई विधेयक प्रमाणीकरण भालुको आक्रमणबाट महिला घाइते मुख्यमन्त्री कँडेलद्वारा निर्माण व्यवसायीसँग छलफल अविलम्ब वार्तामा बसेर विद्यालयमा फर्कन शिक्षकहरूलाई प्रधानमन्त्रीको आग्रह शिक्षकले उठाएका माग समाधानमा सरकार गम्भीर छ : ऊर्जामन्त्री खड्का रूपन्देहीको दानव नदीमा डुबेर तीन बालक बेपत्ता यथाशीघ्र सङ्घीय निजामती ऐन ल्याउन माग नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट दुर्गा प्रसाईंको खातामा शंकास्पद कारोबार, सीआईबीले थाल्यो अनुसन्धान प्रधानमन्त्रीले शिक्षकलाई वार्तामार्फत सहमति गरेर आन्दोलन समाप्त गर्न अनुरोध गरे रूपन्देहीको दानव नदीमा तीन बालक बेपत्ता