१२ बैशाख २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तीनकुने क्षेत्रमा आगजनी र तोडफोडमा संलग्न थप १८ जना पक्राउ

२० चैत्र २०८१, बुधबार १४:१०

काठमाडौँ | तीनकुने क्षेत्रमा भएको आगजनी, तोडफोड, राज्यविरुद्धको कसूर र आपराधिक उपद्रव लगायतका अपराधमा संलग्न थप १८ जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर, काठमाडौंले यसबारे जानकारी गराएको हो।

गत शुक्रबार तीनकुने क्षेत्रमा नवराज सुवेदीको संयोजकत्व र दुर्गा प्रसाईंको अगुवाइमा शान्तिपूर्ण प्रदर्शनको पूर्वअनुमति लिएर आयोजित कार्यक्रममा आयोजकहरूले नै प्रदर्शनकारीहरूलाई उत्तेजित बनाएको प्रहरीको दाबी छ। प्रदर्शनकारीहरूले संघीय संसद् भवन वरिपरिको निषेधित क्षेत्र तोड्ने प्रयास गर्दै प्रहरीमाथि ढुंगामुढा गरेका थिए। साथै, आफैंले चलाएको गाडीले प्रहरीको ज्यान लिने उद्देश्यले आक्रमण गर्नुका साथै सुरक्षाकर्मीहरूमाथि ढुंगा, लाठी, फलामका रड र घरेलु हतियारले प्रहार गरेको प्रहरीले जनाएको छ।

यस क्रममा सुरक्षाकर्मीहरूको हातहतियार खोस्ने, घाइते बनाउने, सर्वसाधारणको घर, निजी सम्पत्ति, संचार गृह, राजनीतिक दलका कार्यालय, नेताहरूको निजी निवास, अस्पताल, प्रहरी कार्यालय, व्यापारिक केन्द्र, नेपाल आयल निगमको इन्धन भण्डारण स्थल, नागरिक उड्डयन प्राधिकरणको कार्यालय र अन्तरराष्ट्रिय विमानस्थलको बाहिरी कम्पाउन्डमा तोडफोड र आगजनी भएको थियो। यस्तै, घरभित्रको नगद र सामान लुटपाट गर्नुका साथै सडकमा गुडिरहेका निजी तथा सरकारी सवारी साधनमा आगजनी गरी आतंक मच्चाइएको प्रहरीको भनाइ छ।

पक्राउ परेका १८ जना प्रतिवादीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको हो। उनीहरूमाथि संगठित रूपमा अपराधिक कार्य गरेको, मानिसको ज्यान लिने प्रयास गरेको लगायतका कसूरमा अनुसन्धान भइरहेको छ। काठमाडौं जिल्ला अदालतबाट ३ दिनको म्याद थप अनुमति प्राप्त गरी प्रहरीले अनुसन्धान जारी राखेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुख्यमन्त्री सिंह र एसडिसीका डेपुटी चिफ अफ मिसन मेयरबीच भेट ‘बजेट अधिवेशन नागरिकको विकास आकाङ्क्षा पूरा गर्दै निराशा चिर्नेगरी केन्द्रित हुनुपर्छ’ सुशासन, विकास र राष्ट्रियहितमा राष्ट्रिय एकता जरुरी : प्रधानमन्त्री सरकार परिवर्तन कसैले चलाएको हल्ला मात्र हो : परराष्ट्रमन्त्री डा राणा ‘विधि निर्माणको प्रक्रियामा ढिलाइले समस्याको चाङ बढ्दै गएको छ’ रघुजी पन्तले आन्दोलनरत शिक्षकहरूलाई वार्तामा बोलाए शिक्षकहरुको आन्दोलन आज २४ औैं दिन पनि जारी भूकम्पको विपत्तिबाट उठ्न जनताले देखाएको साहस अद्वितीय छ : अध्यक्ष दाहाल वर्तमान सरकारले देश र जनताको हित हुने काम गरेको छ : महासचिव पोखरेल लोसपा र जनमतद्वारा आतङ्कवादी आक्रमणको भत्सर्ना शुक्लागण्डकीमा फोहोर व्यवस्थापन गर्न त्रिपक्षीय सम्झौता केन्यामा महिलामाथि बढ्दो हिंसा : न्याय प्रणालीमाथि प्रश्न उठ्दै काश्मीर आक्रमणपछि भारत र पाकिस्तानलाई ‘अधिकतम संयम’ अपनाउन आग्रह प्रतिनिधिसभा बैठक सुरुः वैकल्पिक विकास वित्त परिचालन विधेयक पेस हुँदै भुजी र दरमखोला पुल निर्माणमा लापरबाही ‘दर्शकको गोपनीयताप्रति सजग हुनुपर्छ’ लुम्बिनीमा एक महिनामा ४०२ दुर्घटना, ३६ जनाको मृत्यु धनगढी–खुटिया सडकखण्डमा दुई वटा पक्की पुल निर्माण गरिँदै सिकलसेल एनिमिया र थालसेमियामा प्रयोग हुने खोप हस्तान्तरण लोकतन्त्रको ऐना हो संसद्