2026-07-04 07:32 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तीनकुने क्षेत्रमा आगजनी र तोडफोडमा संलग्न थप १८ जना पक्राउ

काठमाडौँ | तीनकुने क्षेत्रमा भएको आगजनी, तोडफोड, राज्यविरुद्धको कसूर र आपराधिक उपद्रव लगायतका अपराधमा संलग्न थप १८ जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर, काठमाडौंले यसबारे जानकारी गराएको हो।

गत शुक्रबार तीनकुने क्षेत्रमा नवराज सुवेदीको संयोजकत्व र दुर्गा प्रसाईंको अगुवाइमा शान्तिपूर्ण प्रदर्शनको पूर्वअनुमति लिएर आयोजित कार्यक्रममा आयोजकहरूले नै प्रदर्शनकारीहरूलाई उत्तेजित बनाएको प्रहरीको दाबी छ। प्रदर्शनकारीहरूले संघीय संसद् भवन वरिपरिको निषेधित क्षेत्र तोड्ने प्रयास गर्दै प्रहरीमाथि ढुंगामुढा गरेका थिए। साथै, आफैंले चलाएको गाडीले प्रहरीको ज्यान लिने उद्देश्यले आक्रमण गर्नुका साथै सुरक्षाकर्मीहरूमाथि ढुंगा, लाठी, फलामका रड र घरेलु हतियारले प्रहार गरेको प्रहरीले जनाएको छ।

यस क्रममा सुरक्षाकर्मीहरूको हातहतियार खोस्ने, घाइते बनाउने, सर्वसाधारणको घर, निजी सम्पत्ति, संचार गृह, राजनीतिक दलका कार्यालय, नेताहरूको निजी निवास, अस्पताल, प्रहरी कार्यालय, व्यापारिक केन्द्र, नेपाल आयल निगमको इन्धन भण्डारण स्थल, नागरिक उड्डयन प्राधिकरणको कार्यालय र अन्तरराष्ट्रिय विमानस्थलको बाहिरी कम्पाउन्डमा तोडफोड र आगजनी भएको थियो। यस्तै, घरभित्रको नगद र सामान लुटपाट गर्नुका साथै सडकमा गुडिरहेका निजी तथा सरकारी सवारी साधनमा आगजनी गरी आतंक मच्चाइएको प्रहरीको भनाइ छ।

पक्राउ परेका १८ जना प्रतिवादीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको हो। उनीहरूमाथि संगठित रूपमा अपराधिक कार्य गरेको, मानिसको ज्यान लिने प्रयास गरेको लगायतका कसूरमा अनुसन्धान भइरहेको छ। काठमाडौं जिल्ला अदालतबाट ३ दिनको म्याद थप अनुमति प्राप्त गरी प्रहरीले अनुसन्धान जारी राखेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो