१२ बैशाख २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मञ्चमा ज्ञानेन्द्रको जत्रै दुर्गा प्रसाईंको फोटो देखेपछि टाप कसिहालेँ- राप्रपा उपाध्यक्ष तामाङ

२० चैत्र २०८१, बुधबार १६:०३

काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष बुद्धिमान तामाङले चैत १५ गतेको राजावादी प्रदर्शनमा दुर्गा प्रसाईं हाबी भएको बताएका छन् ।

बुधबार राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बल्दै उपाध्यक्ष तामाङले आन्दोलनलाई समर्थन गर्दा पार्टीबाट पनि गल्ती भएको टिप्पणी गरेका हुन् ।

उनले भने- ‘मञ्चतिर यसो हेर्दाखेरी त ज्ञानेन्द्र शाहको जत्रै दुर्गा प्रसाईंको फोटो देखेँ । त्यो देखेपछि यो त खत्तम रैछ भन्ने लाग्यो । अनि म फरक्क फर्केँ । म सिनामंगल आइपुग्दा त टियर ग्यास मञ्चमा हानिसकेको रहेछ । आन्दोलनलाई समर्थन गर्ने भनेरमात्र हुँदो रहेनछ । हाम्रोबाट अध्यक्ष जानुभएन, धेरैजना जानुभएन । मैले पनि यसो हेरेको दुर्गा प्रसाईंको फोटो देखेपछि टाप कसिहालेँ नि । फोटो देखेर डर लागिहाल्यो नि ।’

तामाङले तीनकुने घटनामा एक पक्षलाई मात्र दोष लगाइराखिएको बताउदै सत्यतथ्य पत्ता लगाउनुपर्ने बताए । उनले भने- ‘सत्य तथ्य पत्ता लगाउनुपर्‍यो । महामन्त्री र वरिष्ठ उपाध्यक्ष थुनामा हुनुहुन्छ । उहाँहरूलाई सबै दोषको जिम्मा लगाउने हो र ? न्यायिक जाँच हुनुपर्‍यो । जो दोषी छ त्यसलाई सजाय दिनुपर्‍यो ।’

उपाध्यक्ष तामाङले यस विषयको न्यायिक छानबिनको माग गर्दै गृहमन्त्री रमेश लेखकलाई भेट्न जान लागेको समेत बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकार परिवर्तन कसैले चलाएको हल्ला मात्र हो : परराष्ट्रमन्त्री डा राणा ‘विधि निर्माणको प्रक्रियामा ढिलाइले समस्याको चाङ बढ्दै गएको छ’ रघुजी पन्तले आन्दोलनरत शिक्षकहरूलाई वार्तामा बोलाए शिक्षकहरुको आन्दोलन आज २४ औैं दिन पनि जारी भूकम्पको विपत्तिबाट उठ्न जनताले देखाएको साहस अद्वितीय छ : अध्यक्ष दाहाल वर्तमान सरकारले देश र जनताको हित हुने काम गरेको छ : महासचिव पोखरेल लोसपा र जनमतद्वारा आतङ्कवादी आक्रमणको भत्सर्ना शुक्लागण्डकीमा फोहोर व्यवस्थापन गर्न त्रिपक्षीय सम्झौता केन्यामा महिलामाथि बढ्दो हिंसा : न्याय प्रणालीमाथि प्रश्न उठ्दै काश्मीर आक्रमणपछि भारत र पाकिस्तानलाई ‘अधिकतम संयम’ अपनाउन आग्रह प्रतिनिधिसभा बैठक सुरुः वैकल्पिक विकास वित्त परिचालन विधेयक पेस हुँदै भुजी र दरमखोला पुल निर्माणमा लापरबाही ‘दर्शकको गोपनीयताप्रति सजग हुनुपर्छ’ लुम्बिनीमा एक महिनामा ४०२ दुर्घटना, ३६ जनाको मृत्यु धनगढी–खुटिया सडकखण्डमा दुई वटा पक्की पुल निर्माण गरिँदै सिकलसेल एनिमिया र थालसेमियामा प्रयोग हुने खोप हस्तान्तरण लोकतन्त्रको ऐना हो संसद् सिन्धुपाल्चोकको फुल्पिङ्कोट केन्द्रबिन्दु भएर भूकम्प सगरमाथा संवादमा सहभागी विश्वव्यापी नेतृत्वलाई आग्रह नेपाल लोकतान्त्रिक यातायात व्यवसायी सङ्घको अध्यक्षमा कर्माचार्य