प्रकाश धौलाकोटी/साउन २२, तेह्रथुम । तेह्रथुममा जिल्ला महिला सञ्जालले स्थानीय तहको चुनावमा निर्वाचित भएका महिला जनप्रतिनिधिलाई सम्मान गरेको छ । 

म"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रकाश धौलाकोटी/साउन २२, तेह्रथुम । तेह्रथुममा जिल्ला महिला सञ्जालले स्थानीय तहको चुनावमा निर्वाचित भएका महिला जनप्रतिनिधिलाई सम्मान गरेको छ । 

म"/>

2026-09-28 10:22 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

तेह्रथुमका महिला जनप्रतिनिधि सम्मानित


प्रकाश धौलाकोटी/साउन २२, तेह्रथुम । तेह्रथुममा जिल्ला महिला सञ्जालले स्थानीय तहको चुनावमा निर्वाचित भएका महिला जनप्रतिनिधिलाई सम्मान गरेको छ । 

महिला अधिकारको क्षेत्रमा काम गर्दा गर्दै जनप्रतिनिधिको रुपमा निर्वाचित भएका महिलाहरुलाई सन्जालले सम्मान गरेको हो । सञ्जालले सदरमुकाम म्याङलुङ्गमा शनिबार आयोजना गरेको ग्रामीण महिला नीति तथा महिलामैत्री विकास सम्बन्धी गोष्ठीमा जिल्लाका महिला जनप्रतिनिधिलाई सांसदद्धय भवानीप्रसाद खापुङ र अन्जना ताम्लीले अविर जात्रा गर्दै ढाकाको खादा ओढाएर सम्मान गर्नुभयो । 

कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले अब हुने विकास निर्माणका गतिविधिहरु महिलामैत्री हुनुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा एक्सनएड नेपालका मालती मास्केले ग्रामीण नीति र यसका सम्बन्धमा भइरहेका प्रयासहरुबारे एक कार्यपत्र तथा दलित सचेतना समाज नेपालका निर्देशक कुमार विशंखेले महिलाहरुले गरिरहेको पारिश्रमिक विनाको कामको सम्बन्धमा गरिएको अध्ययनको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

सहभागीले सांसदद्धयलाई ग्रामीण महिला नीति निर्माणका लागि संसदमा विशेष निर्वाह गरिदिन माग गरेका छन् । कार्यक्रममा प्रमुख अतिथि सांसद भवानीप्रसाद खापुङ, सांसद अन्जना ताम्ली, प्रमुख जिल्ला अधिकारी वेदनिधि खनाल, छथर गाउँपालिकाका अध्यक्ष सन्तोष तिगेला, गैरसरकारी संस्था महासंघका अध्यक्ष अनुभूतिबम नेपाली लगायतले बोलेको थिए ।

कार्यक्रम एक्सनएड नेपाल, दलित सचेतना समाज र देउराली सोसाइटीको सहयोगमा महिला सन्जालले आयोजना गरेको हो । कार्यक्रम जिल्ला महिला सन्जालका अध्यक्ष कमला दर्नालको अध्यक्षतामा सम्पन्न भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह