२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यसवर्षको नीति तथा कार्यक्रमले जनतामा आशा जगाउन नसक्ने : राप्रपा अध्यक्ष लिङ्देन

२६ बैशाख २०८२, शुक्रबार १५:२०

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले यसवर्षको भन्दा गत वर्षको नीति–कार्यक्रम केही सकारात्मक रहेको बताएका छन् । शुक्रबार प्रतिनिधि सभाकोा बैठकमा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

‘कतिपय सैद्धान्तिक दृष्टिकोणले हेर्दा अघिल्लो चोटीको नीति तथा कार्यक्रममा केही प्रयास गरेको हो कि, केही कोसिस गरेको हो कि फरक देखाउन भन्ने जस्तो देखिन्छ,’ उनले भने । तर, यसवर्षको गत वर्षको जस्तो प्रयास गरेको नीति तथा कार्यक्रम आउन नसकेको उनको बुझाइ छ ।

आफूले टिपेर ल्याएको उल्लेख गर्दै उनले भने, ‘गत वर्ष नेपाली जनताको सुःख र समृद्धिकालागि संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै जनतामा आशा र भरोसा जगाउनेगरी सरकारले आफ्नो नीति तथा कार्यक्रम तयार गरेको लेखिएको थियो ।’ यस वर्षको नीति तथा कार्यक्रममा यस्तो नभनिएको उनले बताए । अगाडि भन्छन्, ‘गत वर्ष यो व्यवस्थाप्रति आशा जगाउन प्रयत्न गर्ने भन्ने थियो ।’ यसवर्ष फरक भाषा प्रयोग भएको र व्यवस्थाको रक्षार्थ लड्ने भनेर ल्याइएको उल्लखे गर्दै उनले यस्तो भाषाले सरकार कमजोर मनस्थितिमा रहेको देखाएको बताए ।

संविधानमा व्यवस्थाको सम्बन्धमा समेत प्रश्न उठाउन सकिने व्यवस्था रहेको उनको भनाइ थियो । यसकारण आफूहरूले उठाउँदै आएको एजेण्डा उठाउन संविधानले नरोक्ने उनले बताए । यसलाई बन्देज लगाउन नमिल्ने उनको आग्रह छ । कतिपयले संविधानले पूर्ण खारेजीको माग गरिरहँदा आफूहरूले संविधान खारेजी नभएर संविधानभित्रै रहेर आफ्ना एजेण्डा अगाडि बढाउने प्रतिवद्धता जनाउँदै आएको उनले बताए । ‘तपाईंको गणतन्त्रप्रति आशा जगाउने काम गर्नुस् न अघिल्लो सरकारले भने जस्तै,’ राप्रपा अध्यक्ष लिङ्देनले भने, ‘अघिल्लो सरकारले आशा जगाउने काम गर्‍यो कि गरेन, तर प्रयत्न गर्छु भनेको थियो । अब पनि आशा जगाउने काम गर्नुस् ।’

आशा जगाउन जनतामा रहेको निराशा सरकारले चिर्न सक्ने उनको सुझाव छ । जनतामा आशा जगाउन फजुल खर्च कम गर्ने लगायतका उपाय हुन सक्ने उनको राय छ । फजुल खर्च गर्ने संरचनाहरू रहेको उल्लेख गर्दै उनले तिनलाई खारेज गरेर सरकार अगाडि जान सक्नुपर्ने बताए ।

फजुल खर्च हुने संरचना खारेज गर्दा आफूहरूको समर्थन रहने उनले बताए । प्रस्तुत नीति तथा कार्यक्रमले जनतामा आशा जगाउन सक्ने नीति अवलम्बन गर्न नसकेको उनको टिप्पणी छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला