४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रोशी खोलामा आएको बाढीको क्षतिबारे सरकारको ध्यानाकर्षण

३० बैशाख २०८२, मंगलवार १२:०१

काठमाडौँ । काभ्रेको बनेपा र पनौती क्षेत्रमा परेको भारी वर्षापछि त्यहाँको रोशी खोलामा आएको बाढीका कारण पुगेको क्षतिबारे संसद्‍मा सांसदहरुले कुरा उठाएका छन्। मंगलबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै काभ्रे र सिन्धुलीबाट प्रतिधिनित्व गर्ने सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका हुन्।

काभ्रेका सांसद सूर्यमान दोङले बाढीका कारण वीपी राजमार्गपूर्णरुपमा अवरुद्ध भएको र सीमानामा धेरै विरामी अलपत्र परेको जानकारी गराए। ‘काभ्रेमा एकजना महिला फेरि बेपत्ता भएको छ, पनौतीदेखि पूर्वी क्षेत्रको यातायात फेरि ठप्प भएको छ,’ उनले भने, ‘यतिबेला सिन्धुली र काभ्रेको सीमानामा ५० औं बिरामी अलपत्र परेका छन्। एम्बुलेन्स लगायतका सवारी साधन ठप्प छन्।’

यसअघि आएको बाढीका कारण वीपी राजमार्ग क्षतिग्रस्त भएकाले आफूले वैकल्पिक राजमार्गका रुपमा तिमाललाई बनाउन आग्रह गरेको भए पनि सरकारले नसुनेको आरोप लगाए। ‘यो सरकारलाई बाढी पहिरो गएको थाहा छैन?,’ सांसद दोङले भने, ‘सरकारलाई यहाँको समस्या थाहा नभएको हो र? मैले त्यतिबेलै भनेको थिएँ रोशीको सडक बनाउन ढिला हुन्छ त्यसैले तिमाललाई वैकल्पिक राजमार्ग व्यवस्थापन गरेर छिटो निर्माण गर्नुपर्छ।’

त्यस्तै बाढीले क्षति गरेको अर्को जिल्ला सिन्धुलीका सांसद लेखनाथ दाहालले सोमबार साँझ रोशी खोलामा आएको बाढीमा एक जना बेपत्ता भएको र हजारौँ यात्रु अलपत्र रहेको जानकारी दिए। ‘पनौती-५ की ३३ वर्षीया रेनुका गिरी बेपत्ता हुनुभएको छ,’ उनले भने, ‘ रोशी खोलामा आएको बाढीले वीपी राजमार्ग अवरुद्ध भएको छ। हजारौँ यात्रु अलपत्र छन्।’

अघिल्लो पटक बाढी आउँदा पनि सरकारले प्रभावकारी उद्धार र राहत वितरणको काम नगरेको भन्दै दाहालले भने, ‘त्यतिबेला पनि सरकारबाट राहत र उद्धाकार लागि प्रभावकारी पहल भएन। पुर्नस्थापना र पुनर्निर्माणमा संघीय सरकारको ध्यान गएको छैन्।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’