२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बागमती प्रदेश

समावेशीकरण संविधानको सुन्दर पक्ष हो

१ जेष्ठ २०८२, बुधबार १२:०३

काठमाडौँ।  कार्यक्रममा बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले प्रदेशसभाको नीति तथा कार्यक्रम र बजेट निर्माणको पूर्वसन्ध्यामा भएको यो कार्यक्रम आयोजना हुनु सकारात्मक हो भने । उनले भने, “समावेशीकरण संविधानको सुन्दर पक्ष हो ।

राज्यको हरेक निकायमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व हुनु सकारात्मक छ, तर महिलाभित्रको असमान अवस्थालाई कसरी सम्बोधन गर्न सकिन्छ भन्ने पनि चुनौती छ, अब समावेशीकरणसँगसँगै महिलाहरूको आर्थिक सक्षमता अभिवृद्धिका लागि पनि जोड दिनुपर्छ । अब महिलाहरूको प्रतिनिधित्व ५१ प्रतिशत पुर्‍याउन सक्नुपर्छ, दक्षिण एसियामा मात्र होइन, एसियामा नै महिला सहभागिताको सन्दर्भमा हामी अगाडि छौँ, यो अत्यन्तै महत्त्वपूर्ण कुरा छ”,

बागमती प्रदेशसभाका उपसभामुख अप्सरा चापागाईँले सकारात्मक सोचको विकास हुँदा जिम्मेवारीमा रहेर सहजै कार्यसम्पादन गर्न सकिने विश्वास व्यक्त गरे । उनले महिला सदस्यलाई सामाजिक समावेशीकरणको अभिमुखीकरण गर्दा आगामी दिनमा तय हुने वार्षिक बजेट र नीति तथा कार्यक्रमलाई लैंगिकमैत्री बनाउन प्रभावकारी हुने धारणा राखे।

प्रदेश सुशासन केन्द्रका कार्यकारी निर्देशक गोपालकृष्ण न्यौपानेले नेपालको संविधानले अवलम्बन गरेको समावेशीकरणको अवधारणामा रहेर योजना तथा बजेट निर्माणका विषयमा केन्द्रित रहेर सामाजिक समावेशीकरणसम्बन्धी नीतिगत व्यवस्थाका लागि काम गर्न सहयोग पुर्‍याउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको जानकारी गराए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला