२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्र बैंकको गभर्नर योग्यताको आधारमा नियुक्ति हुने:प्रधानमन्त्री ओली

२ जेष्ठ २०८२, बिहीबार १४:३५

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र बैंकको गभर्नर योग्यताको आधारमा नियुक्ति हुने बताएका छन्। बिहीबार काठमाडौँमा पूर्वयोजनाकार मञ्च नेपालको औपचारिक शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले नेपाल राष्ट्र बैंकको रिक्त गभर्नरमा व्यक्तिगत निकटताका आधारमा नभई योग्यताक्रमका आधारमा क्षमतावान व्यक्तिको नियुक्ति गर्ने पक्षमा आफू रहेको बताएका हुन्।

‘राष्ट्र बैंकको गभर्नरमा मेरो क्याण्डिडेट कोही पनि छैन। आफ्नो भन्ने केही पनि छैन। कम्पिटिटिभ खालको मान्छे र ननडिभिटेबल मान्छे ल्याऔँ भन्ने मेरो सधैँ आग्रह हुन्छ,’ उनले भने, ‘मेरिटको विशेषमा ल्याऔँ। काम गर्नसक्ने मान्छे भए देशलाई भइगयो नि। यो र उ किन पर्‍यो?’ ‍उनले टिआरसीमा, डिसापियर कमिसनमा आफ्नो उम्मेदवार नरहेको पनि दाबी गरे।

‘टिआरसीमा, डिसापियर कमिसनमा मेरो आफ्नो उम्मेदवार होइन, छैन। तिनका अध्यक्ष कतै पनि मेरो भन्ने होइनन्। एउटासँग मेरो देखभेट पनि भएको छैन। नाम सुनेको थिएँ, बिर्सिएँ। एउटासँग मुख्यसचिव भएर काम गरेको हुनाले मैले चिनेको हुँ। कामु मुख्यसचिव हुँदा पहिलो पटक भेटेको हो, चिनेको हो,’ उनले भने, ‘निमित्त हुँदा चिनेको, कामु. मैले नै बनाएको हो। मुख्यसचिव कन्फर्म पनि मैले नै बनाएको हो। तर न मसँग नाता, सम्बन्ध, न केही न केही। न पोल्टिकल रिलेशन। न उहाँ पोल्टिकल मान्छे हो। हुनतः अब मान्छे पोलिटिकल प्राणी त हो नै। उहाँले कहाँ भोट हाल्नुहुन्छ, मैले सोधेको छैन।’

प्रधानमन्त्री ओलीले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको अध्यक्ष र सदस्यमा पनि सिफारिस समितिको सिफारिसका आधारमा क्षमता भएका व्यक्ति नियुक्ति भएको बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला