२०८२, २६ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

प्रिबजेट छलफलमा सत्तारूढ दलकै वाक्पटु र ‘भेट्रान’ नेताहरू सक्रिय नहुँदा आश्चर्यमा परे: सांसद थापा

२०८२, २ जेष्ठ बिहीबार १६:२५

काठमाडौँ । नेकपा (एमाले)का सांसद सूर्य थापाले आउँदो आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा सत्तारूढ दलकै अनुभवी नेताहरू सक्रिय नभएको बताएका छन् । बिहीबार (जेठ १) प्रतिनिधिसभा बैठकमा आउँदो आर्थिक वर्षको विनियोजन विधेयका सिद्धान्त र प्राथमिकतामाथिको छलफलका क्रममा उनले प्रिबजेट छलफलमा सत्तारूढ दलकै वाक्पटु र ‘भेट्रान’ नेताहरू सक्रिय नहुँदा आश्चर्यमा परेको बताए ।

“नीति तथा कार्यक्रम र चालु बजेटका सिद्धान्त र प्राथमिकताको चालु बहसमा म केही वाक्पटु माननीयज्यूहरू र भेट्रान नेताज्यूहरूलाई सक्रिय देखिरहेको छैन । मलाई आश्चर्य लागेको छ,” उनले भने । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालक्षित उनले यस्तो टिप्पणी गरेका हुन् । उनले बजेट वक्तव्य जारी नहुँदै सत्तारूढ दलकै नेताले उक्त पुस्तक च्यात्ने धम्की दिने कुरा पनि आश्चर्य भएको बताए ।

“हिजो त सत्तापक्षकै एकजना वरिष्ठ सांसद माननीयज्यूले आफ्नो जिल्लाको सडकमा बजेट नपरे बजेट पुस्तक च्यात्छु भन्न कुनै संकोच मान्नु भएन,” उनले भने, “यो पनि एउटा आश्चर्यकै अभ्यास भएको छ ।” बुधबार (वैशाख ३१) प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसद अर्जुननरसिंह केसीले आउँदो आर्थिक वर्षको बजेटमा आफ्नो जिल्लाको सडक निर्माणनिम्ति रकम विनियोजन नगरिए उक्त पुस्तक च्यात्ने चेतावनी दिएका थिए । सांसद थापाले सत्तारूढ दलकै नेताले प्रतिपक्षीको जस्तो व्यवहार गरेको भन्दै असन्तुष्टि समेत व्यक्त गरे ।

उनले भने, “हामी नयाँ सांसदहरूलाई पुराना पाका र अग्रज सांसदहरूले बजेट वक्तव्य नआउँदै बजेट च्यात्ने कुरा रोस्ट्रमबाट प्रशिक्षित गर्ने कुरा मिलेन कि ?”सत्तारूढ दलकै सांसदले प्रतिपक्षीको जस्तो व्यवहार गरे सहकार्य बलियो र सुदृढ नहुने भन्दै यसतर्फ सोच्न आवश्यक रहेको उनले बताए

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी