२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

अहिलेको व्यवस्था बलियो हुनका लागि माओवादी बलियो हुनुपर्ने: प्रचण्ड

३ जेष्ठ २०८२, शुक्रबार १४:१२

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको व्यवस्था बलियो हुनका लागि माओवादी बलियो हुनुपर्ने बताएका छन्। शुक्रबार पार्टीको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानको सुरुवात गर्दै प्रचण्डले भ्रष्टाचारको अन्त्य गरी सुशासन स्थापना गर्न माओवादीले जित्नुपर्ने बताएका हुन्।

‘साँच्चै भ्रष्टाचारको अन्त्य गर्न, जनताको हक अधिकार सुनिश्तित गर्न माओवादी केन्द्र बलियो हुन जरुरी छ। जसले यो व्यवस्था ल्यायो त्यो बलियो हुनुपर्छ,’ उनले भने, ‘०६४ जस्तै माओवादीको हात बलियो बनाउन सकियो भने सुशासन र आर्थिक र सामाजिक क्षेत्र बलियो हुनेछ।’ त्यस्तै उनले आफू नेतृत्वको सरकारले राम्रा काम गरिरहँदा बिचौलिया र दलालहरूले कांग्रेस-एमालेसहितको गठबन्धन बनाएर सरकार बाहिर पुर्‍याएको आरोप लगाए।

‘बिचौलिया दलालहरूले हामीलाई सरकारबाट बाहिर आउन बाध्य पारे। तर पनि हामीले खबरदारी गरिरहेका छौँ। सरकारले भ्रष्टाचारीलाई संरक्षण गरिरेहको छ,’ उनले भने, ‘ठूलो चुनौतीका साथ सरकारलाई खबरदारी भनिरहेका छौँ। पछिल्लो सरकारको कामबाट जनतामा केही न केही आशा पलाएको थियो। त्यसकाविरुद्ध अहिलेको गठबनधन सरकार बन्यो। धेरै भ्रष्टाचार काम अघि बढाउँदैछन्। भूमि अध्यादेश हेरौँ। गभर्नर तुरुन्तै हुनुपर्ने पद हो त्यो त्यसमा अनेक चलखेल र प्रपञ्च भइरहेका छन्। यो गलत दिशातिर सरकार गएको छ। हामी त्यसलाई चुनौती दिएर हिँडेका छौँ।’

उनले कांग्रेस र एमालेसँग मिलेर भन्दा एक्लै चुनाव लड्दा उपनिर्वाचनमा पहिलो पार्टी बनेको उनको दाबी छ। उनले अब एक्लै चुनाव लड्न सक्ने गरी लाग्न नेता कार्यकर्तालाई निर्देशन दिए।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला