२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशमा रहेका नेपालीहरूबाट उठाइएको रकममा अनियमितता , जनमतले गर्यो पार्टीका २ जनालाई कारबाही

६ जेष्ठ २०८२, सोमबार १२:५३

काठमाडौँ । डा.सिके राउत नेतृत्वको जनमत पार्टीभित्र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूबाट उठाइएको रकममा अनियमितता देखिएपछि शुल्क उठाउन बन्द गरिएको छ । सो पार्टीको हालै मात्र बसेको केन्द्रीय सचिवालयको बैठकले गैरआवासीय मधेसी संघ (एनआरएमए) मा अब कुनै प्रकारको लेवी वा शुक्ल नउठाइने निर्णय गरेको हो ।

जनमत पार्टीले विगतमा विदेशमा रहेका आफ्ना समर्थक तथा सदस्यहरूबाट लेवी, शुल्क तथा चन्दा सङ्कलन गर्दै आएको थियो । सो रकमबाट पार्टी सञ्चालनदेखि काठमाडौँमा होटल खरिद गरिएको र विभिन्न स्थानमा घरजग्गा जोडिएको खुलासा भएपछि पार्टीभित्र आन्तरिक विवाद चुलिएको छ ।

यसै सन्दर्भमा पार्टीले उपाध्यक्ष दीपक साह र कोषाध्यक्ष सुरेन्द्रनारायण यादवलाई कारबाही गरेको छ । कोषाध्यक्ष यादवमाथि मुद्दा चलाइएपछि उनी केही समय थुनामा परेका थिए भने हिजो पाँच लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् । आर्थिक पारदर्शिता र पार्टीभित्र शुद्धीकरण अभियान स्वरूप सबै किसिमका आर्थिक सङ्कलन बन्द गरिएको पार्टी स्रोतले जनाएको छ ।

यही निर्णयको प्रभाव गैरआवासीय मधेसी संघ (एनआरएमए) मा पनि परेको छ । हालै डा.सीके राउतको प्रमुख आतिथ्यतामा बसेको संघको अन्तर्राष्ट्रिय समितिको बैठक र त्यसपछि भएको सचिवालयको निर्णयअनुसार अब कुनै पनि देशमा रहेका सदस्यहरूसँग लेवी वा सदस्यता शुल्क लिने कार्य पूर्ण रूपमा बन्द गरिएको छ । कार्ड छपाइ खर्चबाहेक अन्य शुल्क लिने नीतिमा पूर्णविराम लगाइएको जनमत पार्टीका केन्द्रीय सचिवालय प्रमुख राजेशकुमार मण्डलले बताए ।

साथै, सदस्यताको विवरण अद्यावधिक गर्न समेत आह्वान गरिएको छ । नागरिकताको विवरणअनुसार नाम, जिल्ला, पालिका र वडा उल्लेख गरी सदस्यता फर्म बुझाउनुपर्ने व्यवस्था गरिएको छ । प्रमुख मण्डलकाअनुसार सदस्यता सूचीमा समावेश नभएका नेताहरू जनमत पार्टीको कुनै समिति वा तहको वा नेपाल सरकारको कुनै निर्वाचनमा पार्टीको तर्फबाट भाग लिन पाइने छैन ।

जनमत पार्टीको यो निर्णयलाई सङ्गठनभित्र पारदर्शिता कायम गर्ने र गलत अभ्यासहरू अन्त्य गर्ने प्रयासका रूपमा हेरिएको छ । पार्टीले अब सङ्गठन विस्तार, जनसम्पर्क र आन्तरिक सुदृढीकरणमा ध्यान दिन निर्देशन दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…