२०८२, २६ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

राष्ट्रिय सभाका उपाध्यक्ष घिमिरे ६ दिने औपचारिक भ्रमणका लागि चीन प्रस्थान

२०८२, ६ जेष्ठ सोमबार १५:०६

काठमाडौँ । राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरे चीनको ६ दिने औपचारिक भ्रमणका लागि आज अपराह्न चीनको शान्सी प्रान्तको सियान शहर तर्फ प्रस्थान गरेकी छन्।उपाध्यक्ष घिमिरे ८ सदस्यीय संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन प्रस्थान गरेकी हुन ।

मित्रराष्ट्र चीनको शान्सी प्रान्तको सियान शहरमा यही जेठ ५ गतेदेखि १० गतेसम्म आयोजना गरिएको शाङ्घाई सहयोग संगठन गरिबी न्यूनीकरण र दिगो विकास मञ्च र नवौँ सिल्क रोड अन्तर्राष्ट्रिय प्रदर्शनी र पूर्व र पश्चिम चीन बीच सहयोगको लागि लगानी तथा व्यापार मञ्चको कार्यक्रममा सहभागी हुने तय भएको छ।

दुवै कार्यक्रममा उपाध्यक्ष घिमिरेले सम्बोधन गर्नेछिन्। उनीसँगै प्रतिनिधि सभा सदस्यद्वय दिनेशकुमार यादव र उर्मिला माझी र राष्ट्रिय सभाका सदस्यद्वय बेदुराम भुसाल र सुमित्रा बिसी, संसद सचिवालयका उपसचिव पुष्पप्रकाश मल्ल, शाखा अधिकृत नविन भट्टराई र उपाध्यक्षका स्वकीय सचिव प्रेमबहादुर सिंह प्रतिनिधि मण्डलमा सहभागी छन्। चीन भ्रमण सकेर जेठ १० गते प्रतिनिधि मण्डल स्वदेश फर्कने कार्यक्रम छ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी