४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बालेनप्रति लक्षित गर्दै प्रधानमन्त्रीले भने- सधैँ कार्यक्रममा बोलाइरहनुपर्ने, तर कहिल्यै नआउने

६ जेष्ठ २०८२, सोमबार १५:५०

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका तर्फबाट आयोजना गरिएका कार्यक्रममा बोलाएर पनि कार्यक्रममा सहभागी नहुनेलाई अर्कोपटकदेखि नबोलाउन निर्देशन दिएका छन् ।

गणतन्त्र दिवस मूल समारोह समितिको सोमबार सिंहदरबारमा बसेको बैठकमा बोल्दै उनले यस्तो निर्देशन दिएका हुन् । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहप्रति लक्षित गर्दै उनले सधैँ कार्यक्रममा बोलाइरहनुपर्ने, तर कहिल्यै नआउने गरेको टिप्पणी गरे । कुनै पनि सरकारले आयोजना गरेका कार्यक्रममा सधैँ नाम राखेर बोलाइरहने, तर नआउने गरेको भन्दै उनीहरूको प्रधानमन्त्रीले रेकर्ड हेरेर आगामी कार्यक्रमदेखि नाम नराख्न निर्देशन दिएका हुन् ।

कुनै अर्थ र महत्त्व नै नबुझ्नेहरूको नाम सधैँ झुन्ड्याइरहने काम राम्रो नभएको उनले बताए । प्रधानमन्त्री ओलीले भने, “कहिल्यै पनि नआउने, नाम राखिरहनुपर्ने । मानका खातिर मानको चलनचाहिँ छोड्दा पनि हुन्छ कि क्या हो !” अर्कोपटकदेखि सोधीखोजी गर्न उनले आग्रह गरे । “हेर्नुहोला रेकर्ड को एकपटक पनि आउँदैन । त्यो रेकर्ड हेरेर आउने हो कि होइन सोधेर,” उनले भने, “आउने नभए नाम नराख्नुहोला । हरेकपटक इतिहास बनिरहने, नाम छापिरहनुपर्ने, मान्छे नआउने !”

प्रधानमन्त्री ओलीले गणतन्त्र दिवस जनस्तरमा मनाउनुपर्ने र सरकारी कार्यक्रममा मात्रै भर पर्न नहुने बताए । सरकारले यस वर्ष पनि गणतन्त्र दिवस तीन दिनसम्म भव्यताका साथ मनाउने निर्णय गरेको छ । गणतन्त्र दिवस मूल समारोह समिति गठनका निम्ति सोमबार सिंहदरबारमा बसेको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मूल समारोह समिति गठन गरेको छ ।

मूल समारोह समितिमा उपप्रधानमन्त्री, मन्त्री, राज्यमन्त्री, काठमाडौं महानगरपालिकामा प्रमुख, नेपाल सरकारका मुख्यसचिव, प्रधानसेनापति, ललितपुर महानगरपालिकाका प्रमुख, नेपाल सरकारका विशिष्ट श्रेणीका राजपत्रांकित अधिकृत, सुरक्षा निकायका प्रमुखलगायत सदस्य छन् ।

बैठकले यही जेठ १५ गतेको उक्त दिवसका लागि यही जेठ १४, १५ र १६ गते हरेक दिन साँझ सबै सार्वजनिक निकायमा दीप प्रज्ज्वलनसहित त्रिदिवसीय रूपमा मनाउन केन्द्र, प्रदेश र स्थानीय तहका तिनै तहका सरकार र सम्बन्धित निकाय र निजी क्षेत्र र संघ–संस्थालाई समेटेर तहगत समिति र उपसमिति गठन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की