२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमालेले ०८४ को निर्वाचनमा एकल बहुमत ल्याउँछ,बहुमतको तयारीमा जुटेका छौं: प्रधानमन्त्री ओली

६ जेष्ठ २०८२, सोमबार १६:०४

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ०८४ को निर्वाचनमा एमालेले एकल बहुमत ल्याउने उद्देश्य राखेको र त्यो पूरा भएरै छाड्ने दाबी गरेका छन् । नेपाल उत्पीडित जातीय मुक्ति समाजको सातौं महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले एकल बहुमत ल्याउने काम कष्टपूर्ण भए पनि एमालेका लागि त्यो सम्भव भएको जिकिर गरे ।

‘हामीले मिसन ८४ को उद्देश्य लिएका छौं । एकल बहुमत ल्याउने उद्देश्य लिएका छौं । यो असम्भव छैन । यो विल्कुलै सम्भव छ,’ एमाले अध्यक्ष समेत रहेका ओलीले भने, ‘कसैलाई पनि बहुमत ल्याउन नदिने प्रणाली हामीकहाँ छ । तर, हामीले धेरै सिट ल्यायौं भने कसैलाई बहुमत ल्याउन नसक्ने परिपाटी पनि सकिन्छ ।’ अहिलेको समानुपातिक प्रणालीमा हङ पार्लियामेन्टमा हुने बताउँदै उनले यही प्रणालीमा बसेर बहुमत ल्याउन लाग्नुपर्ने उनले बताए ।

‘समानुपातिक प्रणाली साधरणतया हङ पार्लियामेन्टमा हुन्छ । यसले कसैको बहुमत आउँदैन । तर, प्रणाली हामीले चुनिसकेको छौं । अहिले यो प्रणाली नै कायम रहन्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘यसै प्रणालीभित्र हामीले बहुमत ल्याउनुपर्ने छ । यो कष्टसाध्य छ, चुनौतीपूर्ण छ तर पनि यो काम नेकपा एमालेका लागि सम्भव छ । हामी एकल बहुमत ल्याउने तयारीमा जुटेका छौं ।’

आफ्नो पार्टी आन्दोलनबाट माझिएर आएको बताउँदै प्रधानमन्त्री ओलीले त्यस अनुसार नै अघि बढ्न नेता कार्यकर्तालाई आग्रह गरे ।

 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…