२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सरकारभन्दा बाहिर बस्दा नेता तथा कार्यकर्ता रिसाउने,सरकारमा नगए पुलिस,प्रशासनले हेप्ने: कांग्रेस प्रवक्ता महत

६ जेष्ठ २०८२, सोमबार १६:३२

काठमाडौँ ।   नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले अहिलेको सत्ता गठबन्धनमा कांग्रेसकै पनि धेरै असन्तुष्टि रहेको बताएका छन् । ‘अहिलेको गठबन्धनमा हाम्रा पनि धेरै असन्तुष्टि छन् । एमाले नेतृत्वलाई पनि भनेका छौँ, गठबन्धन भएको अर्काको प्वाइन्ट अफ भ्यूलाई अण्डरस्ट्याण्ड हुनुपर्छ,’ उनले भने, ‘अहिले गभर्नरको कुरा छ । हामीले एउटा प्रोफेसनल मान्छे आओस् भनेका छौँ । अन्योल छ, यसले राम्रो सन्देश गएको छैन ।’ उनले राजनीतिक पार्टी निर्माण भएकै सत्तामा जानका लागि भएको बताए । साेमबार नेपाली कांग्रेस कास्की ३ को दोस्रो क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै उनले सरकारमा गएपछि मात्रै पार्टीले आफ्नो घोषणापत्र कार्यान्वयन गर्न सक्ने बताए ।

‘अहिले गठबन्धन सरकार छ । यो पनि बाध्यात्मक परिस्थितिमा बनेको हो । हैरान भएर,’ उनले भने, ‘पार्टीहरु निर्माण भएकै सत्तामा जानका लागि हो । कहिलेकाहीँ हामीहरू आदर्श वाक्य बोल्छौँ, बाहिरै बसौँ, किन जानपर्‍यो भन्छौँ । हामी सत्तामा गएनौँ भने हाम्रो नीति कार्यक्रम र बजेट कसरी आउँछ ?’ महतले सत्तामा नगएपनि नेता कार्यकर्ताबाटै गुनासो आउने गरेको र सत्तामा गएपनि प्रश्न रहिरहने बताए । ‘कि त महान् भएर सत्तामा बस्दैनौँ, बाहिरै बस्ने हो भन्नुपर्‍यो । फेरि बाहिरै बस्ने हो भने पुलिसबाट यस्तो अन्याय भो, प्रशासनले एकथोपा सुन्दैन । एकलौटी अर्काको काम गर्‍यो । त्यसबेलामा सबै आत्तिन्छन्,’ अघि भने, ‘सत्तामा गयो, त्यहाँ पनि समस्या छ । यो भएन र त्यो भएन भन्छन् । कहाँ सबैचिज हुन्छ सत्तामा ? म पनि मन्त्री भा हो ।’

अहिलेको निर्वाचन प्रणालीबाट कसैको पनि बहुमत नआउने भन्दै उनले संविधान संशोधनको प्रक्रिया तुरुन्तै अघि बढाउनुपर्ने बताए । ‘अहिले कसैको पनि बहुमत छैन । यो निर्वाचन पद्धतिबाट कसैको बहुमत पनि आउँदैन । त्यसैले संविधान संशोधनको कुरा गर्‍यौँ,’ उनले भने, ‘मैले भनिरहेको छु, संविधान संशोधनलाई सिरियसली अगाडि बढाऔँ । भोलि होला नहोला बेग्लै कुरा हो । दुई तिहाइ चाहिन्छ । अपर हाउसमा पुग्दैन पुग्दैन । तैपनि छलफल थालौँ ।’

फरक प्रसङ्गमा महतले बजेट निर्माण गर्दा ठुला योजना मात्रै सङ्घले बाँडफाँट गर्नुपर्ने बताए । ‘कनिका छरेर परिणाम निस्किँदैन । ३ करोड भन्दा साना योजना ल्याउन हुँदैन भनेर हामीले गृहकार्य गर्‍यौँ,’ उनी भन्छन्, ‘नयाँ सरकार आयो, सबै फालियो । अहिले ३ करोड भन्दा तलको योजना नराख्ने भनेर जोडबल गरिरहेका छौँ । बरु थोरै होस्, परिणाम देखिने काम हुनुपर्छ ।’

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा