२०८२, २१ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेसलाई भाग्ने ठाउँ नभएको र अब गभर्नर देखि प्रधानमन्त्री हाम्रो, जताततै हामी : महामन्त्री थापा

२०८२, ६ जेष्ठ सोमबार १७:४४

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसमा उकुसमुकुसको अवस्था रहेको बताएका छन्। सोमबार काठमाडौँमा सुवास घिमिरेले लेखेको बीपी कोइरालाको जीवन कथामा आधारित पुस्तक सान्दाजुको लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले कांग्रेसभित्र अहिले उकुसमुकुस, गुनासो, असन्तुष्टि र छटपटाहट रहेको जिकिर गरे।

महामन्त्री थापाले सँगै कांग्रेसमा एउटा अवसर पनि रहेको बताए। उनले कांग्रेस अहिले संघ, प्रदेश र स्थानीय तहको सरकारमा रहेको र अब बन्ने प्रधानमन्त्री पनि कांग्रेसकै रहने स्पष्ट पारे।

उनले अब गभर्नर पनि कांग्रेसकै भागमा रहेको बेलामा पनि कांग्रेसीजनमा खुशी नरहेको बताए।

‘नेपाली कांग्रेस पार्टीभित्र अहिले एउटा खालको उकुसमुकुस छ। उकुसमुकुस छ, गुनासो छ, असन्तुष्टि छ, एउटा छटपटाहट देखिन्छ। तर म एउटा अवसर पनि छ भनिरहेको छु’ महामन्त्री थापाले भने, ‘हामी नभएको ठाउँ नै छैन। पालिकामा, वडामा, संघमा सरकार, प्रदेशमा सरकार। अहिले हामीले बनाएका प्रधानमन्त्री र अब हुनेवाला प्रधानमन्त्री पनि हाम्रो। अब सबै हाम्रो। अब गभर्नर हाम्रो, उ हाम्रो, जताततै हाम्रो। खुशी हुनुपर्ने नि त कांग्रेस त। सबै हाम्रो भएको बेलामा किन खुशी नभएको त? हामीले खोजेको त्यो होइन रहेछ।’

उनले नेपाल बन्दैन भन्ने भाष्यप्रति चिन्तित हुनुपर्ने बताए। कांग्रेसलाई गनगन गर्ने र भाग्ने ठाउँ नरहेको स्पष्ट पारे।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला