भदौ ७, काठमाडौँ | राष्ट्रवादी विद्यार्थी संघ केन्द्रिय समितिद्धारा आयोजित वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कोटेश्वर बहुमुखी क्याम्पसमा आयोजित सो कार्यक्रमको प्रम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ७, काठमाडौँ | राष्ट्रवादी विद्यार्थी संघ केन्द्रिय समितिद्धारा आयोजित वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कोटेश्वर बहुमुखी क्याम्पसमा आयोजित सो कार्यक्रमको प्रम"/>
२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रवादी विद्यार्थी संघको वृहत रक्तदान कार्यक्रम

२०७४, ७ भाद्र बुधबार १३:४३

भदौ ७, काठमाडौँ | राष्ट्रवादी विद्यार्थी संघ केन्द्रिय समितिद्धारा आयोजित वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कोटेश्वर बहुमुखी क्याम्पसमा आयोजित सो कार्यक्रमको प्रमुख अतिथि एकिकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का अध्यक्ष डा. प्रकाश चन्द्र लोहनीको प्रमुख आतिथ्यता र राष्ट्रवादी विद्यार्थी संघ केन्द्रिय समितिका सह–महामन्त्री विवेक श्रेष्ठको संयोजत्वमा सम्पन्न भएको हो । सो कार्यक्रममा कोटेश्वर बहुमुखी क्याम्पस र एकिकृत राष्ट्रवादी विद्यार्थी संघमा आवद्ध ९४ जनाले रक्तदान गरेका छन् । 

कार्यक्रमका प्रमुख अतिथि एवं राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का अध्यक्ष डा. प्रकाश चन्द्र लोहनीले  रक्तदान भनेको अरुका लागि निस्वार्थ रुपमा गर्ने सामाजिक काम हो । नेपालमा हरेक कुरा लिने र व्यापारीकरण गर्ने व्यक्तिहरुको वाहुल्यता रहेको छ । हाम्रा विद्यार्थी युवाहरुले रक्तदान जस्तो पुन्य कार्य गर्नुभएकामा धन्यवादका साथ आगामी दिनहरुमा थप यस्ता कार्य गर्दै जानुहोस् भन्ने शुभकामना समेत व्यक्त गर्नु भयो । 

यस्तै गरि एकिकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का उपाध्यक्ष तारानाथ लुईटेलले हाम्रो विद्यार्थी संगठनले रक्तदान जस्तो सामाजिक कार्य गर्नुभएको छ । यस्तो सामाजिक कार्य गर्ने हरुका लागि आफूले सर्धै प्रोत्साहन गर्ने प्रतिवद्धताका साथ नेपालका ७५ वटै जिल्लामा यस्ता सामाजिक कार्यको विस्तार गर्न आवश्यक रहेको बताउँनु भयो । 


कार्यक्रमका सभापति एवं राष्ट्रवादी विद्यार्थी संघ केन्द्रिय समितिका सह–महामन्त्री विवेक श्रेष्ठले रक्तदान गर्न आउँनुहुने सम्पूर्ण साथीहरुलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा यस्ता सामाजिक कार्यको निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नु भयो । 

कार्यक्रममा राष्ट्रवादी विद्यार्थी संघको केन्द्रिय अध्यक्ष उज्जल पोखरेल, वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र गजुरेल, उपाध्यक्ष मनोज नेपाल, उपाध्यक्ष रीना खत्री, महामन्त्री लेलिन शर्मा, महामन्त्री शुसेन पोखरेल, प्रवक्ता रविन थापा, केन्द्रिय सदस्य दिपेन्द्र अधिकारी लगायतका व्यक्तिहरु सहभागी भएका थिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ?