भदौ ७, काठमाडौँ | राष्ट्रवादी विद्यार्थी संघ केन्द्रिय समितिद्धारा आयोजित वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कोटेश्वर बहुमुखी क्याम्पसमा आयोजित सो कार्यक्रमको प्रम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ७, काठमाडौँ | राष्ट्रवादी विद्यार्थी संघ केन्द्रिय समितिद्धारा आयोजित वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कोटेश्वर बहुमुखी क्याम्पसमा आयोजित सो कार्यक्रमको प्रम"/>
८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रवादी विद्यार्थी संघको वृहत रक्तदान कार्यक्रम

७ भाद्र २०७४, बुधबार १३:४३

भदौ ७, काठमाडौँ | राष्ट्रवादी विद्यार्थी संघ केन्द्रिय समितिद्धारा आयोजित वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कोटेश्वर बहुमुखी क्याम्पसमा आयोजित सो कार्यक्रमको प्रमुख अतिथि एकिकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का अध्यक्ष डा. प्रकाश चन्द्र लोहनीको प्रमुख आतिथ्यता र राष्ट्रवादी विद्यार्थी संघ केन्द्रिय समितिका सह–महामन्त्री विवेक श्रेष्ठको संयोजत्वमा सम्पन्न भएको हो । सो कार्यक्रममा कोटेश्वर बहुमुखी क्याम्पस र एकिकृत राष्ट्रवादी विद्यार्थी संघमा आवद्ध ९४ जनाले रक्तदान गरेका छन् । 

कार्यक्रमका प्रमुख अतिथि एवं राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का अध्यक्ष डा. प्रकाश चन्द्र लोहनीले  रक्तदान भनेको अरुका लागि निस्वार्थ रुपमा गर्ने सामाजिक काम हो । नेपालमा हरेक कुरा लिने र व्यापारीकरण गर्ने व्यक्तिहरुको वाहुल्यता रहेको छ । हाम्रा विद्यार्थी युवाहरुले रक्तदान जस्तो पुन्य कार्य गर्नुभएकामा धन्यवादका साथ आगामी दिनहरुमा थप यस्ता कार्य गर्दै जानुहोस् भन्ने शुभकामना समेत व्यक्त गर्नु भयो । 

यस्तै गरि एकिकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का उपाध्यक्ष तारानाथ लुईटेलले हाम्रो विद्यार्थी संगठनले रक्तदान जस्तो सामाजिक कार्य गर्नुभएको छ । यस्तो सामाजिक कार्य गर्ने हरुका लागि आफूले सर्धै प्रोत्साहन गर्ने प्रतिवद्धताका साथ नेपालका ७५ वटै जिल्लामा यस्ता सामाजिक कार्यको विस्तार गर्न आवश्यक रहेको बताउँनु भयो । 


कार्यक्रमका सभापति एवं राष्ट्रवादी विद्यार्थी संघ केन्द्रिय समितिका सह–महामन्त्री विवेक श्रेष्ठले रक्तदान गर्न आउँनुहुने सम्पूर्ण साथीहरुलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा यस्ता सामाजिक कार्यको निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नु भयो । 

कार्यक्रममा राष्ट्रवादी विद्यार्थी संघको केन्द्रिय अध्यक्ष उज्जल पोखरेल, वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र गजुरेल, उपाध्यक्ष मनोज नेपाल, उपाध्यक्ष रीना खत्री, महामन्त्री लेलिन शर्मा, महामन्त्री शुसेन पोखरेल, प्रवक्ता रविन थापा, केन्द्रिय सदस्य दिपेन्द्र अधिकारी लगायतका व्यक्तिहरु सहभागी भएका थिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता