२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘एक-डेढ वर्षमा माओवादीले फेरि चमत्कार गर्छ’

२०७४, ७ भाद्र बुधबार १४:३९

भदौ ७, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एक-डेढ वर्षमा माओवादीले फेरि चमत्कार गर्ने दावी गरेका छन् ।

काठमाडौंको बबरमहलमा बुधबार अखिल क्रान्तिकारीको एकताको २१ औं राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले देश माओवादीकै एजेण्डामा चलेको भन्दै सबै माओवादी एक भएर एक-डेढ वर्षमै पुनः चमत्कार गर्ने बताए ।

‘आर्थिक विकास, समृद्धि र देशलाई स्वाधिन बनाउने तागत माओवादीसँगै छ । तर, यस बीचमा माओवादीमा टुटफुट भयो, हामी एकतावद्ध हुन सकेनौं,’ पूर्व प्रधानमन्त्री समेत रहेको प्रचण्डले भने,’ अहिले फेरि एकता र ध्रुवीकरणको लहर चलेको छ । हेर्दै जानुहोला, हामी एकतालाई पनि एउटा टुङ्गोमा लैजान्छौं, देशका सबै शक्तिहरुलाई एकतावद्ध गर्छाैं र राष्ट्रको नेतृत्व गर्छौं, एक-डेढ वर्षमा माओवादीले फेरि चमत्कार गर्छ ।’

माओवादी कमजोर भयो अब परिवर्तन उल्टाउन सकिन्छ भन्ने सपना देख्न थालेकाहरुको अहिले माओवादी एकताले गर्दा सातो गएको प्रचण्डले बताए ।

उद्घाटन कार्यक्रममा अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष लेखनाथ न्यौपाने, अखिल नेपाल महिला संघ क्रान्तिकारीका अध्यक्ष अमृता थापा, वाईसीएल नेपालका अध्यक्ष दीपशिखा, नेपाल विद्यार्थी संघका सभापति नैनसिंह महर, अनेरास्ववियूका अध्यक्ष नबिना लामा लगायतले शुभकामना दिएका थिए ।

पाँच दिनसम्म चल्ने सम्मेलनमा देशभरबाट २००० प्रतिनिधि र पर्यवेक्षक सहभागी हुने अखिल क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपानेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल