८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘एक-डेढ वर्षमा माओवादीले फेरि चमत्कार गर्छ’

७ भाद्र २०७४, बुधबार १४:३९

भदौ ७, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एक-डेढ वर्षमा माओवादीले फेरि चमत्कार गर्ने दावी गरेका छन् ।

काठमाडौंको बबरमहलमा बुधबार अखिल क्रान्तिकारीको एकताको २१ औं राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले देश माओवादीकै एजेण्डामा चलेको भन्दै सबै माओवादी एक भएर एक-डेढ वर्षमै पुनः चमत्कार गर्ने बताए ।

‘आर्थिक विकास, समृद्धि र देशलाई स्वाधिन बनाउने तागत माओवादीसँगै छ । तर, यस बीचमा माओवादीमा टुटफुट भयो, हामी एकतावद्ध हुन सकेनौं,’ पूर्व प्रधानमन्त्री समेत रहेको प्रचण्डले भने,’ अहिले फेरि एकता र ध्रुवीकरणको लहर चलेको छ । हेर्दै जानुहोला, हामी एकतालाई पनि एउटा टुङ्गोमा लैजान्छौं, देशका सबै शक्तिहरुलाई एकतावद्ध गर्छाैं र राष्ट्रको नेतृत्व गर्छौं, एक-डेढ वर्षमा माओवादीले फेरि चमत्कार गर्छ ।’

माओवादी कमजोर भयो अब परिवर्तन उल्टाउन सकिन्छ भन्ने सपना देख्न थालेकाहरुको अहिले माओवादी एकताले गर्दा सातो गएको प्रचण्डले बताए ।

उद्घाटन कार्यक्रममा अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष लेखनाथ न्यौपाने, अखिल नेपाल महिला संघ क्रान्तिकारीका अध्यक्ष अमृता थापा, वाईसीएल नेपालका अध्यक्ष दीपशिखा, नेपाल विद्यार्थी संघका सभापति नैनसिंह महर, अनेरास्ववियूका अध्यक्ष नबिना लामा लगायतले शुभकामना दिएका थिए ।

पाँच दिनसम्म चल्ने सम्मेलनमा देशभरबाट २००० प्रतिनिधि र पर्यवेक्षक सहभागी हुने अखिल क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपानेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता