२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

देउवाको प्रशंसा गर्दै गुरुङले भने : रिस गरेर हुन्छ ५ पटकमात्र होइन , ७ औं पटक पनि प्रधानमन्त्री बन्न सक्नुहुन्छ

२०८२, ११ जेष्ठ शनिबार १३:५१

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पाँचपटक प्रधानमन्त्री बनिसकेका आफ्ना सभापति शेरबहादुर देउवा फेरि पनि बन्न सक्ने बताएका छन्।

शनिबार काठमाडौँमा नेपाली कांग्रेस स्याङ्जाका पूर्वसभापति स्व. खगेन्द्रराज रेग्मीको प्रथम स्मृति सभामा उपसभापति गुरुङले राजनीतिमा गरेको दुःख र अटल यात्राले सम्भावनाका ढोका खुल्दै जाने बताउँदै आफ्ना सभापति देउवाको उदाहरण दिएका हुन्।

‘हाम्रो सभापतिज्यू, पूर्वप्रधानमन्त्रीज्यू, यो राजनीतिक यात्राका क्रममा अविरल ढंगबाट यात्र गर्दा उहाँले खप्नुभएको उत्तारचढाव व्याख्या गर्नुपर्दैन। त्यो उत्तारचढावलाई छिचोलेर अघि बढ्नुभएको छ’, उनले भने, ‘रिस गरेर हुन्छ, पाँचपटक प्रधानमन्त्री बन्नुभयो। भनेर हुन्छ, अझै बन्नसक्नुहुन्छ नि उहाँ। ६ पटक, सातपटक पनि बन्न सक्नुहुन्छ। त्यो यात्रा हो। त्यो दुःख, अटल यात्राले ढोका खुल्दै जाने हो।’

तर राजनीतिमा गरेको त्यागको मूल्य खोज्नु भने गलत हुने उनको भनाइ छ।

‘राजनीतिमा त्याग गरेँ, मैले के पाएँ भन्ने भाष्य खडा भएको छ, गलत हो। मैले त्याग गरेँ भनेपछि फेरि के पाएँ भन्ने हो? त्याग भनेको त्याग नै हो। त्यागको मूल्य हुँदैन, उनले भने, राजनीति यात्रा हो कहाँ पुगिन्छ थाहा हुँदैन, अविरल यात्रा गर्ने हो।’

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले