२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

देउवाको प्रशंसा गर्दै गुरुङले भने : रिस गरेर हुन्छ ५ पटकमात्र होइन , ७ औं पटक पनि प्रधानमन्त्री बन्न सक्नुहुन्छ

११ जेष्ठ २०८२, शनिबार १३:५१

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पाँचपटक प्रधानमन्त्री बनिसकेका आफ्ना सभापति शेरबहादुर देउवा फेरि पनि बन्न सक्ने बताएका छन्।

शनिबार काठमाडौँमा नेपाली कांग्रेस स्याङ्जाका पूर्वसभापति स्व. खगेन्द्रराज रेग्मीको प्रथम स्मृति सभामा उपसभापति गुरुङले राजनीतिमा गरेको दुःख र अटल यात्राले सम्भावनाका ढोका खुल्दै जाने बताउँदै आफ्ना सभापति देउवाको उदाहरण दिएका हुन्।

‘हाम्रो सभापतिज्यू, पूर्वप्रधानमन्त्रीज्यू, यो राजनीतिक यात्राका क्रममा अविरल ढंगबाट यात्र गर्दा उहाँले खप्नुभएको उत्तारचढाव व्याख्या गर्नुपर्दैन। त्यो उत्तारचढावलाई छिचोलेर अघि बढ्नुभएको छ’, उनले भने, ‘रिस गरेर हुन्छ, पाँचपटक प्रधानमन्त्री बन्नुभयो। भनेर हुन्छ, अझै बन्नसक्नुहुन्छ नि उहाँ। ६ पटक, सातपटक पनि बन्न सक्नुहुन्छ। त्यो यात्रा हो। त्यो दुःख, अटल यात्राले ढोका खुल्दै जाने हो।’

तर राजनीतिमा गरेको त्यागको मूल्य खोज्नु भने गलत हुने उनको भनाइ छ।

‘राजनीतिमा त्याग गरेँ, मैले के पाएँ भन्ने भाष्य खडा भएको छ, गलत हो। मैले त्याग गरेँ भनेपछि फेरि के पाएँ भन्ने हो? त्याग भनेको त्याग नै हो। त्यागको मूल्य हुँदैन, उनले भने, राजनीति यात्रा हो कहाँ पुगिन्छ थाहा हुँदैन, अविरल यात्रा गर्ने हो।’

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव